मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedअपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

धारीलो हतियार प्रहार गरी महिलाको हत्या।।

सिरहाकाे मिर्चैयामा महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । हत्यारालाई पक्राउको माग गर्दै स्थानीयद्वारा मिर्चैयास्थित पुर्व पछिम राजमार्ग केही समय अवरुद्ध गरिएको थियो ।

सितल साह, मंसिर २८ । सिरहाकाे मिर्चैयामा महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । हत्यारालाई पक्राउको माग गर्दै स्थानीयद्वारा मिर्चैयास्थित पुर्व पछिम राजमार्ग केही समय अवरुद्ध गरिएको थियो ।

सिराहा जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षिय लक्ष्मीनियाँ कापरको नजिकैको कर्जन्हा नपा ६ को जङ्गलमा दाउरा लिन गएका बेला ३–४ जना युवा समूहले धारीलो हतियार प्रहार गरी महिलाको हत्या गरेपछि जंगलमा महिलाको मृत्यु भएको थियो ।

दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएका युवाहरुले जवरजस्ती करणी गर्ने प्रयास गर्ने क्रममा जंगलमा धारिलो हतियारले महिलाकाे
घाटी र पेटमा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यलय मिर्चैयाका प्रमुख डिएसपी हरि बहादुर ओलीले जानकारी दिए ।

दाउरा लिन सँगै गएका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए । उनीहरुकै भनाई अनुसार गाउँलेले किटानी जाहेरी दिएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker