मिति:- १६ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedआर्थिकपत्रकार सम्मेलनमुख्य-समाचारसमाचारस्थानीय खबर

नविल बैंकको चर्को ब्याज विरुद्ध पत्रकार सम्मेलन ।।।

लहानमा रहेको नबिल बैंकको शाखा विरुद्ध सेवाग्राही अर्थात् सिरहाको सुखिपुर १० का राम कुमारी महतोको छोरा धनेश्वर महतोले लहान स्थित पशुपति आदर्श मावि परिसरमा नबिल बैंकले दिएका सास्तीका बारेमा पत्रकार सम्मेलन गरेका हुन् ।

सिरहा, चैत्र १९ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क अन्तर्गत पहिलो नीजि बैंकको रूपमा रहेको नबिल बैंकको स्थापना वि. सं. २०४१ सालमा भएको थियो । जसले आफ्नो व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेको थियो ।

नबिल बैँकको मुख्यालय दरबारमार्गस्थित काठमाडौँमा रहेको यस बैंकले नेपालभर लगभग १५०० ठाउँमा आफ्ना शाखा स्थापना गर्नुको साथै १३९ वटा भन्दा बढी एटियम सञ्चालन गरिसकेको अवस्था रहेको देखिन्छ ।

नेपाल अरब बैङ्कको रूपमा स्थापना भएको नबिल बैङ्कमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको स्वामित्व विनोद चौधरीमा थपिएको थियो ।

पछिल्लो समय ग्राहकबाट चर्को ब्याज लिन थालेपछि लहानमा रहेको नबिल बैंकको शाखा विरुद्ध सेवाग्राही अर्थात् सिरहाको सुखिपुर १० का राम कुमारी महतोको छोरा धनेश्वर महतोले लहान स्थित पशुपति आदर्श मावि परिसरमा नबिल बैंकले दिएका सास्तीका बारेमा पत्रकार सम्मेलन गरेका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा लहान शाखाको नविल बैंक बाट २०७७ सालमा एक करोड रकम ८.३% को दरले सम्झौता गरी ऋण महतोले लिएका थिए ।

बैंकको सम्झैता बमोजिम आफूले ब्याज र सावा तिर्दै आएको तर बर्ष दिन पनि नबित्दै ब्याजको दर बढाउँदै गएर अहिले १६% र १७% सम्म लिई रहेको प्रति आपती जनाउदै शान्तिपुर्ण आन्दोलनमा जाने पत्रकार सम्मेलन मार्फत महतोले जानकारी दिए ।

पीडित धनेश्वर कुमार महतोले चर्को ब्याज अशुलन पल्केका नबिल बैंकका हाकिमले आफूलाई पटक पटक मानसिक टर्चर दिएको कारण आफू पत्रकार सम्मेलन गर्न विवस भएको बताए ।

यता नबिल बैंकका लहान शाखा प्रमुख सुनिल जि सी संग कुरा बुझ्दा आफूले एक पटक उनको घरमा गएको र एक पटक मात्र ब्याज तिर्नका लागि पत्र पठाएको बताए ।

जिसिले अहिलेको बैंकको ब्याजदर ११ देखि १२.६१ प्रतिशत भएको बताउँदै, महतोले नियमित बैंकलाई तिर्दै आएको करिब ५१ हजार बरावरको किस्तामा अहिले ५४/५५ हजार तिर्नु पर्दा झन्झट मान्दै पत्रकार सम्मेलन गराएको आफूलाई जानकारी भएपछि पत्रकार सम्मेलनको फोटो भिडियो केन्द्रिय कार्यालयमा पठाएको शाखा प्रमुख जिसीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker