मिति:- १६ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

खप्टे डाँडा सहित खुट्टी खोलामा उत्खनन् जारी ,निकाय मौन ।।।

सिरहाको लहान नगरपालिका वडा नं २४ खप्टे डाँडा सहित खेसराहा पूर्व खुट्टी खोलामा उत्खनन जारी रहेको छ ।

लहान , वैशाख ५ । सिरहाको लहान नगरपालिका वडा नं २४ खप्टे डाँडा सहित खेसराहा पूर्व खुट्टी खोलामा उत्खनन जारी रहेको छ ।

दिउँसो ४ बजेर १५ मिनेटको समयमा पत्रकारको टोली उक्त ठाउँमा पुग्दा टिफर, उत्खननमा प्रयोग भएको जेसिवि भागेका थिए । खेसराहको पूर्व र बानो जंगलको पक्षिम्म स्थित खुट्टी खोलामा करिब ५ दिन देखि उत्खनन जारी रहेको अवस्था रहेको पाईन्छ ।

नदीजन्य पदार्थ अन्तर्गत ढुङ्गा, गिट्टी र बालुवाको व्यवसाय आर्थिक रूपमा तत्काल आकर्षक देखिए पनि दीर्घकालीन सामाजिक असर भने सकारात्मक छैन ।

तराईका जिल्लाहरूमा खोला र नदीमा मनपरी गर्दै टिप्परले मचाएको आतङ्कले आजित समाजमा नदीजन्य पदार्थको अत्यधिक उत्खनन् र सङ्कलनले वातावरणीय तथा अन्य पक्षमा क्षति पुर्याउँदै आएको अवस्था रहेको पाईन्छ ।

वातावरणीय ह्रास र नदीको बहावमा आउने परिवर्तनको मुख्य कारण नदीजन्य पदार्थको अत्यधिक दोहन मानिन्छ जसले गर्दा अनियन्त्रित दोहनले दशकौंदेखि चलेको कुलोमा पानी सुकेको छ भने भूमिगत पानीको सतह थप गहिरिंदै गएको अवस्था रहेको पाईन्छ ।

लहान नगरपालिकामा लागातार नदीजन्य पदार्थको उत्खनन तथा संकलन भइरहँदा पनि निकाय यसप्रति मौन बसेको अवस्था रहेको देखिन्छ ।

लहान नगरपालिका भित्र डिभिजन वन कार्यालय एकातिर रहेको छ भने अर्कोतिर जिल्ला सम्वन्य समिति सिरहाका सभापति दिनेश महतोको घर रहेको छ ।

प्रशासनिक निकायमा पहुंच कायम गरेका लहान नगरपालिका भित्र भइरहेको उत्खनन वैधानिक या अवैधानिक के हो ? त्यसबारेमा अनुसन्धान हुन् भने बाकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker