मिति:- १६ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

स्वास्थ मन्त्री सिंहद्वारा सिराहाको नैनपुर अस्पताल अनुगमन।।

मधेश प्रदेशका स्वास्थ मन्त्रीले सिराहाको नैनपुर अस्पतालको अनुगमन गरेका छन् । माननीय मन्त्री बिरेन्द्र सिंहको टोलीले धनगढीमाई नगरपालिका स्थित नैनपुर अस्पतालको स्थलगत अनुगमन गरेका हुन।

फाल्गुन १९, सिराहा । मधेश प्रदेशका स्वास्थ मन्त्रीले सिराहाको नैनपुर अस्पतालको अनुगमन गरेका छन् । माननीय मन्त्री बिरेन्द्र सिंहको टोलीले धनगढीमाई नगरपालिका स्थित नैनपुर अस्पतालको स्थलगत अनुगमन गरेका हुन।

जिरोमाईलमा लोकमार्ग छेउमै रहेको नैनपुर अस्पतालको आकस्मिक कक्ष, वार्ड , ल्याब, र बन्दै गरेको नयाँ भवनको भौतिक संरचना लगायतको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनको क्रममा उनीसँगै नेपाली कांग्रेस पार्टीका सिराहा जिल्ला सभापति रामचन्द्र यादव , धनगढीमाईका उप मेयर संगिता चौधरी , लाहान अस्पतालका मेसु लगायतको टोलीले स्थलगत अनुगमन गर्दै अस्पतालको समस्याहरू मन्त्रीले बुझ्नु हुँदै आफूले अस्पतालको समग्र विकासको लागि अति आवश्यक वस्तुहरूको आपूर्तिमा सहयोग गर्ने बताएका छन् ।

अनुगमनमा रहेका नेपाली कांग्रेस पार्टीका सभापति रामचन्द्र यादवले नगरको अस्पतालको रूपमा रहेको नैनपुर अस्पतालको अवस्थामा सुधार आउन जरुरी रहेको बताए । यादवले धनगढीमाई १४ स्थित रहेको स्वास्थ्य केन्द्रमा औषधी , बेड लगायत अति आवश्यक सामग्री थप्नु पर्ने भन्दै मन्त्री सिंहलाई आग्रह गरेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker