मिति:- १२ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedमुख्य-समाचारसमाचार

रेशम चौधरी रिहाई आम जनताको चाहना ।।।

रेशम चाैधरी जेल बसेको पनि कयाैं वर्ष भयो । न्यायको निम्ति सडक आन्दोलन गर्दा परिस्थिलाई विचार नगरी जेलभित्र रेशम चाैधरी लाई राखिनु चिन्ताको विषय बनेको छ ।

 

सितल साह, मंसिर २८ । नेपाली राजनीतिक परिवेशमा राजनीतिक खिचातानीमा सर्वसाधारणहरु विगत लामो समयदेखि परिरहेका छन् । राजनीतिक दम्बका बीच उभिएका न्यायपालिकाको खराब नीतिका सामना गर्दै आएका छन् नेपाली जनता ।

टिकापुर विद्रोह भएको करीब सात वर्ष नाघ्यो । रेशम चाैधरी जेल बसेको पनि कयाैं वर्ष भयो । न्यायको निम्ति सडक आन्दोलन गर्दा परिस्थिलाई विचार नगरी जेलभित्र रेशम चाैधरी लाई राखिनु चिन्ताको विषय बनेको छ ।

रन्जन कोईरालालाई उन्मुक्ति दिनसक्ने सरकारले राजनीतिक बन्दी रेशम चाैधरीलाई अबैध हिरासतमा किन राखेको होला ?

सीमित अधिकार लिएर भए पनि राज्यसंग सम्झाैता गर्न चाहने थारुहरुलाई दमन गरिन्छ र उनीहरुमाथि ज्यादती र अत्याचार जारी राखिन्छ । यो सबैको जडमा राज्य र शासक जातिमा रहेको असुरक्षा भाव हो । थारुहरुले सोंचेका थिए, राज्य र शासनले नदिए पनि अदालतले न्याय देला तर अदालत पनि जातिय शासन कै पुच्छर देखिन पुग्दा आम नेपालीमा राज्य सरकार प्रती बिश्वास घटेको देखिन्छ ।

रेशम चौधरीको रिहाईको खवर उठ्दा खुशी हुने नेपाली जनतालाई निराश गराउने सरकारले १७ हजार नेपालीको निर्मम हत्या गराउने प्रचण्डलाई किन जेल भित्र राख्दैन ? उनी उपचारमा रहँदा किन हथकडि लगाउँदैन ?

यदि जेल हाल्ने हो भने मूर्ति चोर,सुन काण्डका मतियार ,दरवार हत्या काण्ड गराउने व्यक्तिहरूको पहिचान गरेर जेल हाल्न जरुरी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker