मिति:- १६ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकमुख्य-समाचारसमाचारस्थानीय खबर

सिरहामा तस्कर राज : ‘हाकिम’को आदेश विपरीत तस्करीका सामान नियन्त्रणमा लिने असईको सरुवा।।

सिरहाबाट दश लाख बराबरको तस्करीका अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे नै प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो ।

सिरहा ।।  सिरहाबाट दश लाख बराबरको तस्करीका अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे नै प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो ।

एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा उक्त सामान भारतबाट नेपाल ल्याइँदै थियो । ती मोटरसाइकलमा अन्दाजी १० लाख बराबरको कपडा, जुत्ता, चप्प्ल, औषधि, चुडी, लहठीलगायतका सामान थिए ।

जिल्ला प्रहरी कार्यालय, सिरहाबाट प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । यद्यपि, यस विषयमा सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले सामान पक्राउ परेको बताएपनि विस्तृत विवरण दिन चाहेनन् ।

तस्करीका यी अवैध सामानहरू भन्सार बुझाउनुपर्नेमा अझै जिल्ला प्रहरी कार्यालय परिसरमै छ । श्रोतका अनुसार, यो कुरा गोप्य राखेर सामान छोड्न लागिएको थियो । तर, सञ्चारकर्मीले थाहा पाएपछि प्रहरीले बुझाउने तयारी गरेको छ । आज शनिबार भएर बुझाउन ढिला भएको डीएसपी सापकोटाले बताए ।

सामान नियन्त्रणमा लिने असईको सरुवा

सामान पक्राउ परेको स्थान भारतीय सीमाभन्दा अन्दाजी २० किलोमिटर पर हो । सीमादेखि नै चोक-चोकमा सुरक्षा निकायका कर्मचारी खटिएका हुन्छन् । तर, यसका बाबजुद यसरी निर्वाध सामान तस्करी भएर आउनुले यसमा मिलेमतोलाई प्रष्ट्याउँछ ।
श्रोतका अनुसार, सो मिलेमतोको कुरा असई यादवलाई थाहा थिएन । तस्करीका सामान नियन्त्रण लिएर लगेपछि उनको आजै सुरुवा गरिएको छ । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय, उदयपुरमा छ । उनी यहाँ काजमा कार्यरत थिए ।

तर, यो सामान पक्राउ गरेपछि सरुवा भएको भन्ने कुरा डीएसपी सापकोटाले इन्कार गरे । उनले भने, ‘त्यस्तो केही पनि होइन, यो नियमित प्रक्रिया हो ।’श्राेत मिथला रत्न ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker