मिति:- १६ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकमुख्य-समाचारसमाचारस्थानीय खबर

माणिक दहको अनुहार फेरिँदै ।।।

सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ स्थित रहेको धार्मिक , सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा परिचित माणिक दहको अनुहार फेरिँदै छ ।

सितल साह, चैत्र २७ । सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ स्थित रहेको धार्मिक , सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा परिचित माणिक दहको अनुहार फेरिँदै छ ।

प्रत्येक वर्ष वैशाख १ गते बिहान ठूलो मेला लाग्ने यस ठाउँको पानीमा स्नान गरेमा सन्तानको प्राप्ति हुनुका साथै पारिवारिक शान्ति प्राप्त हुने जनविश्वास रहिआएको यस दहलाई राजा सलहेसको दह मानिन्छ ।

विगत लामो समयदेखि विकाशको पर्खाइमा रहेको माणिक दहमा विकास थालिएको छ ।

पवित्र दहको पानीलाई पूर्व दक्षिण कुनामा दहको बाँधलाई काटेर पानी निकास गरी उक्त दहमा मठ मन्दिर निर्माणका लागि संरचना निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ र पोखरीको पछिमी किनारलाई विस्तार गरिएको छ । साथै सलहेस मन्दिर परिसरमा आवस्यक सरसफाई र संरचनाहरु निर्माणको काम जारी रहेको अवस्था देखिन्छ ।

यद्यपि मन्दिर पुग्नका लागि चारैतिर खोला नालाको बाटो तय गर्नुपर्ने बाध्यता भने कायमै रहेको देखिन्छ ।

यस ठाउँलाई पर्यटन क्षेत्रमा जोड्न सकेको खण्डमा लहान नगरपालिकामा आन्तरिक र बाहय पर्यटक भित्रिन सक्ने अवस्था एकातिर रहेको छ भने अर्कोतिर लहान नगरपालिकाको अन्य पर्यटकिय क्षेत्रसंग सडकमार्ग विस्तार गरेर जोड्न सके लहान नगरपालिका पर्यटक आकर्षणको केन्द्र विन्दु वन्ने निश्चित देखिन्छ ।

दहमा पानी कमी रहेको कारण यतिबेला भक्तजनलाई स्नान र पूजापाठ गर्नका लागि लगातार पानी मोटरबाट हाल्ने क्रम जारी रहेको अवस्था छ ।

हालसम्म लहानका मेयर महेश चाैधरीले जनता सामु उक्त दह बिकाशकाे निम्ति वाचा गरे पनि कुनै किसिमकाे सहयाेग भन्ने नगरेकाे गुनाासाे स्थानीयले गरीरहेकाे छन।वडा अध्यक्ष आफ्नो निजि लागानिमा उक्त दहलाई ब्यबस्थित गर्न लागेकाे स्थानीयहरु बताउछन।।।वडा अध्यक्ष रायले श्रद्धालु भक्तजनलाइ मानिकदह आउदा कुनै किसिमकाे असुबिधा नहुने बताउनु भयाे।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker