मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

सिराहाको गोलबजार नगरपालिका मा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

सितल साह मंसिर १९ । सिराहाको गोलबजार नगरपालिका मा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०७९।०८।०९ गते जिल्‍ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०६ स्थित गोलबजारमा, गोलबजार नगरपालिकाको कार्यालय, मुक्ति नेपाल गोलबजार सिरहा, दलित विकास मञ्च (DDF) गोलबजार, ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाको संयुक्त आयोजनामा गोलबजार नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत आनन्द कुमार पौडेलको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाका प्र.ना.नि. राजिब यादव तथा प्रहरी जनशक्तिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु, स्थानिय समुदाय, बुद्धिजिबिहरु समेत भेला जम्मा भई ईलाका प्रहरी कार्यालय गोलबजारबाट अर्न्तराष्ट्रिय नारा “UNITE: ACTIVISM TO END VIOLENCE AGAINST WOMEN AND GIRLS” आधारमा तय गरिएको “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ बिभिन्न सचेतनामुलक प्ले कार्ड सहित “३१ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको ।

सो कार्यक्रम गोलबजारको गोलपार्कबाट र्‍याली निकाली बजार परिक्रमा गरी नगरपालिका कार्यालयमा गई अन्तरक्रिया समेत गरी कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker