मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedमुख्य-समाचारसमाचारस्थानीय खबर

सिराहा क्षेत्र नं २, मा मतगणना सम्पन्न ।।।

सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा प्रदेश सभा र प्रतिनिधी सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना कार्यक्रम सम्पन्न भएको छ ।

Exif_JPEG_420

सितल साह मंसिर १० । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा प्रदेश सभा र प्रतिनिधी सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर ५ गते बेलुका ७ बजेर १५ मिनेटमा सर्वदलीय बैठक समापन भएपछि मतगणना उक्त रातीको १० बजेर २० मिनेटमा शुरु गरिएको थियो ।

मधेश प्रदेशको सिराहा जिल्लामा कूल जनसङ्ख्या ६३५,०१८ मध्ये ४२२७१२ मतदाता रहेको पाईन्छ । करीब २२४०९९ पुरुष मतदाता र १९८६११ महिला मतदाता रहेको यस जिल्लामा ४ प्रतिनिधि सभा सदस्य निर्वाचन र ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

निर्वाचन क्षेत्र नं २ मा कुल १ लाख ७ हजार ४६५ मतदाता रहेको मध्ये ७३३३० मत खसेको थियो जहाँ कुल १३० मतदान केन्द्रबाट आम मानिसले मतदान गरेका थिए ।

सिरहा निर्वाचन क्षेत्र नं २ मा अहिलेसम्म प्रदेश तर्फ सत्रुघन महतो प्रदेश ख बाट र संजय कुमार यादव क बाट विजयी भएका छन् भनें प्रतिनिधी सभा सदस्यका लागि राजकिशोर यादव विजयी भएका छन ।

सिराहा निर्बाचन क्षेत्र नं २ मा मंसिर ९ गते राति ११ बजेर ४० मिनेटमा प्रतिनिधि सभा सदस्यका लागि भएको मतदानका अन्तिम बाकस खोलिएको थियो ।

अन्तिम बाकसको गणना राती १२ बजेर ३५ मिनेटमा सकिएको थियो । निर्वाचन कार्यालयले रातको १, बजेर २६ मिनेटमा निर्वाचित प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई धनगढीमाई नगरपालिकाको प्रशासनिक भवनमा निर्वाचन अधिकृत मुकुन्द निरौलाले फूल माला र अविर लगाएर प्रमाणपत्र हस्तान्तरण गरेपछि औपचारिक रूपमा सिराहा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्पन्न भएको थियो । यता समानुपातिक मत गणना भने जारी रहेको छ ।

सिरहा निर्वाचन क्षेत्र नं २ को मतदान र मतगणना शान्तिपूर्ण रहेतापनि शुरुवातमा मतगणना पूर्व थालिएको सर्वदलीय बैठकमा समाचार संकलनमा पत्रकारहरुलाई रोक लगाएपछि धनगढीमाई निर्वाचन क्षेत्र २ को निर्वाचन अधिकृत कार्यालयको मुख्य गेटमा पत्रकारहरुले धर्ना बस्नु परेको थियो ।

सर्वदलीय बैठकमा समाचार संकलनका लागि विहान ९ बजेर ४५ मिनेटमा निर्वाचन अधिकृतको कार्यालय पुगेका पत्रकारहरुलाई दिनभर प्रवेश नदिएपछि पत्रकारहरुले उक्त दिनको बेलुका ५, बजेर १५ मिनेटमा मुख्य गेटमा धर्नामा बस्नुपरेको थियो ।

धर्ना पछी पत्रकारहरुलाई समाचार संकलनमा खुला गरेको थियो । सिरहाको निर्वाचन क्षेत्र नं २ को मतगणना जिल्लाको सबै भन्दा पछि सकिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker