मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedमुख्य-समाचारसमाचारस्थानीय खबर

सिराहा जिल्लाको निर्वाचन अपडेट ।।।

नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको परिणामहरू आउनेक्रम जारी रहेको छ ।

सितल साह, मंसिर ९ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको परिणामहरू आउनेक्रम जारी रहेको छ ।

मधेश प्रदेशको सिराहा जिल्लामा कूल जनसङ्ख्या ६३५,०१८ मध्ये ४२२७१२ मतदाता रहेको पाईन्छ । करीब २२४०९९ पुरुष मतदाता र १९८६११ महिला मतदाता रहेको यस जिल्लामा ४ प्रतिनिधि सभा सदस्य निर्वाचन र ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

प्राप्त परिणाम अनुसार सिराहा निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेका रामशंकर यादव प्रतिनिधी सभामा विजयी भएका छन् भने प्रदेश सभा सदस्य निर्वाचन १ बाट एमालेका राजेन्द्र प्रसाद चौधरी २ बाट राजकुमार गुप्ता विजय भएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा कुल १ लाख ७ हजार ४६५ मतदाता रहेको मध्ये ७३३३० मत खसेको थियो जहाँ कुल १३० मतदान केन्द्रबाट आम मानिसले मतदान गरेका थिए ।
सिरहा निर्वाचन क्षेत्र नं २ मा अहिलेसम्म प्रदेश तर्फ सत्रुघन महतो प्रदेश ख बाट र संजय कुमार यादव क बाट विजयी भएका छन् ।

त्यस्तै सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेश क मा मनोज कुमार सिंह र ख मा प्रमोद कुमार यादव विजय भएका छन ।

सिराहा निर्बाचन क्षेत्र नं ४ मा वीरेन्द्र प्रसाद महतो प्रतिनिधी सभा सदस्यका लागि विजय भएका छन भने उक्त क्षेत्रमा प्रदेश तर्फ क मा त्रिभुवन शाह र ख मा रामबाबु यादव बिजयी भएका छन ।

सिरहाको चारै ओटा मत गणना केन्द्रहरूमा मत परिणाम आएपनि बाँकी गणना जारी रहेको छ भने सुरुक्षा ब्यबस्था एकातिर कडा छ भने अर्कोतिर शान्तिपूर्ण वातावरणमा गणना जारी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker