मिति:- १८ माघ २०७९, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorizedपत्रपत्रिकाशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

अस्पताल क्षेत्रमा मानिस मृत फेला ।

नवलपरासीको सदरमुकाम परासीमा रहेको सरकारी अस्पताल परिसरको पेटीमा उपचार अभावमा एक मानिसको ज्यान गएको अवस्था ।

मंसिर १० । नवलपरासीको सदरमुकाम परासीमा रहेको सरकारी अस्पताल परिसरको पेटीमा उपचार अभावमा एक मानिसको ज्यान गएको अवस्था ।

स्थानिय रामग्राम गतिविधिको पेजमा लेखिएको छ ” यो दृश्य हो परासीको पृथ्वीचन्द्र अस्पतालको अगाडीको पेटिको ,

हामिलाई प्राप्त जानकारी अनुसार यस अस्पतालको पेटीमा एक अपरचित ब्यक्ति आज दिउँसो ११ बजे तिर आएर सुते लगभग ४:३० साझ सम्म सास फेरि रहेका थिए । त्यस पछि त्यही पेटिमै उनको सास बन्द भयो । अचम्म लाग्छ एउटा मानिस अस्पतालको पेटिमा आएर असामान्य तरिकाले सुत्छ लगातार ५ घन्टा जीबनको लागि संघर्स गर्छ र त्यही उसको ज्यान जान्छ । त्यो संघर्सको अबधिमा अस्पतालको पेटीमा यसरी मृत्यूसंग लडिरहदा न कोहिले ख्याल गर्छ न सहयोग नै गर्छ ।

बरु एक जना ब्यक्तिले यो मान्छेलाई केही ओढाई दिनु भनेर अस्पतालको एक स्टापलाई भन्दा ” म किन ओढाउने हो र ! यो मेरो बाउ हो ? भनेर उतर आउछ ।

अस्पतालकै क्षेत्र भित्र अस्पतालकै पेटिमा एउटा ब्यक्ति
गएर ५ घन्टाको संघर्सपछि उपचार र हेरचाह बिना मर्छ भने यो भन्दा ठुलो बिडम्बना के होला ?

यी ब्यक्तिसंग एक महिलाको नागरिकता र पर्समा लगभग रु ६०० जति रकम फेला परेको छ । केही ब्यक्तिले दिएको जानकारी बमोजिम यीनले बाटो र फोहोर फाल्ने ठाउँबाट बोतलहरु जम्मा गरि बेची आफ्नो जिबिका चलाउँदै आएका थिए ।

श्रोत समाजिक सञ्जाल ,

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button