मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचार

न्यायको माग गर्दै जीवन आहुति दिन तयार महिलालाई सहयोग ।।।

नेपालमा न्याय प्रणाली कमजोर भइरहेको अवस्थामा अदालतको फैसलाबाट असन्तुष्ट बनेकी कुमारी आमा निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको छ ।

न्यायको माग गर्दै जीवन आहुति दिन तयार महिलालाई सहयोग ।।।

सितल साह, भदाै १२ । नेपालमा न्याय प्रणाली कमजोर भइरहेको अवस्थामा अदालतको फैसलाबाट असन्तुष्ट बनेकी कुमारी आमा निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेशको मन्त्रिपरिषदले २०७९।०५।१० गते गरेको निर्णयबाट न्यायका लागि संघर्ष गर्दै आईरहेकी राजपुतलाई कानूनी लडाईका लागी कानूनी तथा आर्थिक सहयोग गर्नका लागी माननीय मुख्य न्यायाधिवक्ताज्यूको सिफारिसमा रु ५,००,०००।- (अक्षरेपी पाँच लाख रुपैया) दिने निर्णय गरेको छ ।

न्याय हराएको देशमा वास्तविकताको लडाईमा सत्य तथ्य बाहिर निकाल्नका लागि कानुनी लडाइँ लड्दै न्याय प्रशासनलाई निर्णय लिन विवस पार्ने साहासिक महिला नीहारिकाको सहासिक कदमले समाजमा झुठा आरोप लगाएर अरुलाई बद्नाम गराउने चरित्रहरूकाे घैंटोमा घाम लागेकै हुनुपर्छ ।
समाजमा तत्काल वास्तविकता लुकाउन सकिन्छ ,तर लामो समयसम्म वास्तविकता नलुक्ने भएकोले सबै क्षेत्रका माफियाहरु ,दलाल ,फटाहा , कुरौटे , अरूको गुनासो गर्ने ,फोनको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने वर्गहरु बेलामा सचेत हुन् जरुरी छ । तत्कालका लागी आफू राम्रो देखिन अरूको बदनाम गर्ने बानी यदि छ भने त्याग गर्नु उचित होला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker