मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

प्राकृतिक सौन्दर्यका बीच बिगु गुम्बा ।।।।     

नेपाल आफैमा स्वर्ग जस्तै छ भनेर वर्णन गरिरहनु पर्दैन शायद , यहाँका प्राकृतिक छटा अनि प्राकृतिक सौन्दर्यले विश्व समाजलाई लोभ्याएको छ । सगरमाथाको हिउँ अनि मुस्ताङको हावा विश्व समुदायको लागि प्यारो छ ।

प्राकृतिक सौन्दर्यका बीच बिगु गुम्बा ।।।।                             

दाेलखा भदाै १२ । नेपाल आफैमा स्वर्ग जस्तै छ भनेर वर्णन गरिरहनु पर्दैन शायद , यहाँका प्राकृतिक छटा अनि प्राकृतिक सौन्दर्यले विश्व समाजलाई लोभ्याएको छ । सगरमाथाको हिउँ अनि मुस्ताङको हावा विश्व समुदायको लागि प्यारो छ ।

वास्तविकता प्यारो हुँदोरहेछ,आज दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको प्राचिन एतिहासिक बौद्ध गुम्बा मनमोहक दृश्यहरुको बीच आफ्ना सुन्दरता देखाइरहेका छन् ।गुम्बाको वरिपरि रहेको प्राकृतिक सौन्दर्यका कारण गुम्बा बेहुली झै सिंगारिएका छन् । गुम्बा परिसरमा पुग्दा त्यहाँ भएका प्राकृतिक सौन्दर्यका कारण थकाई सजिलै मेटिन्छ ।
सिंगो बिगु गाउँपालिकाको आस्था अनि गहनाको रूपमा रहेको गुम्बाको आफनै प्राचीन इतिहास रहेको पाइन्छ । बौद्ध धार्मिक गुरुहरूको अनुसार गुम्बा प्राचीनकालिन रहेको र बेला बेलामा हुने गरेको मर्मत सम्भारका कारण गुम्बा जीर्ण हुनबाट जोगिएको हो ।

गुम्बा अनेकन रमणिय वातावरणका बीच आफ्ना सौन्दर्य प्रस्तुत गरिरहेका छन् । गुम्बाको छेउ छाउमा रहेको खोलानालाहरुले सुसेल्दा भक्तजनहरूले आफ्ना दुःखपीडा बिर्सने गरेको अवस्था रहेको एकातिर पाइन्छ भने अर्कोतिर गुम्बाको वरिपरि रहेको प्राकृतिक पाखा पखेराबाट चराहरुले निकाल्ने मधुर स्वरले गुञ्जित वातावरणले प्रफुल्लित गराउने यस गुम्बालाई पर्यटन प्रवर्द्धनको मूल धारमा ल्याएर विश्व समुदायको ध्यानाकर्षण गराउन जरुरी देखिएको अवस्थामा बिगु गाउँपालिका समेत यसको विकास अनि हरेक पूर्वाधार निर्माण प्रति गम्भीर हुन जरुरी देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker