मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचारस्थानीय खबर

विद्यार्थी सङ्गठन ‘राप्रविसं’द्वारा धरानका मेयर हर्क साम्पाङको राजीनामा माग

सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा माग गरेको हो ।

धरान,  भदाै १३ ,राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठन ‘राप्रविसं’ले धरान उपमहानगरका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ। सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा माग गरेको हो ।

केही दिन अगाडी धरानका मेयर साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जीनियरहरुलाई कटाक्ष गरेका थिए । सोही विषयलाई लिएर राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन (राप्रविसं) पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा नदिए कडा आन्दोलनको चेतावनी दिएका छन् ।                                                                                 

‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफू बाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसा प्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणी प्रति राप्रविसं घोर भर्त्सना र विरोध गर्दछ ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker