मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

लालपुर्जा वितरण गर्नु अगाडि सुकुम्बासीहरुको जग्गाको स्थलगत अनुगमन गर्दै उपमेयर संगिता चौधरी । ।।

सरकारले अव्यवस्थित बसोवासको लागि केही महिना अगाडि सुकुम्बासी समस्याको समाधानको लागि स्थानिय सरकार मार्फत गरेको जग्गा नापीको बारेमा सिरहाको धनगढीमाई नगरपालिकाको उपमेयर संगिता चौधरीले स्थलगत अनुगमन गर्नुभएको छ ।

लालपुर्जा वितरण गर्नु अगाडि सुकुम्बासीहरुको जग्गाको स्थलगत अनुगमन गर्दै उपमेयर संगिता चौधरी । ।।               

सितल साह , भदाै १३ । सरकारले अव्यवस्थित बसोवासको लागि केही महिना अगाडि सुकुम्बासी समस्याको समाधानको लागि स्थानिय सरकार मार्फत गरेको जग्गा नापीको बारेमा सिरहाको धनगढीमाई नगरपालिकाको उपमेयर संगिता चौधरीले स्थलगत अनुगमन गर्नुभएको छ ।

स्थानिय सरकारद्वारा प्राविधिक खटाई नापी गरिएको धनगढीमाई १३ को असारे देउराली क्षेत्रका जग्गाको लालपुर्जा वितरण गर्नु अघि अनुगमन गर्नु भएको छ ।

आज करिब ३ बजेको समयमा स्तलगत अनुगमन गर्नको लागि उक्त ठाउँमा पुग्नु भएको चौधरीसँग भुमि आयोगका जिल्ला अध्यक्ष रामअधीन यादव , वडा अध्यक्ष सूर्यमान तामाङ लगायतका टोलीले वास्तविक वस्तु स्थितिको अनुगमन गर्नु भएको छ ।

पूर्व निर्धारित समय बमोजिम टोलीले उक्त अनुगमन गरेको वुझिएको छ भने लालपुर्जा वितरण गर्नु अगाडि हामीले स्थलगत अनुगमनलाई प्रभावकारी बनाउनका लागि अनुगमनलाई अगाडी बढाएको उपमेयर संगिता चौधरीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker