मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचार

भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने

भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ। 

भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। तर, निगमले तत्काल मूल्य नघटाउने पक्षमा देखिएको छ । निगम स्रोतका अनुसार पेट्रोलियम पदार्थ अझै धेरै घाटा रहेकोले तत्काल मूल्य समायोजन हुँदैन ।

प्रतिलिटर पेट्रोलमा १४.१९ रुपैयाँ र डिजेलमा २१.९२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । हवाई इन्धनमा भने निगम केही नाफामा छ। एलपी ग्यासमा ५८२.४२ रुपैयाँ ४२ पैसा घाटा छ ।

हाल प्रतिलिटर पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० र हवाई इन्धन (बाह्य) १.६४५ डलर र प्रतिसिलिन्ड एलपी ग्यास १८०० रुपैयाँ रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker