मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिक

पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटयाे

काठमाडौं। इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर सुची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्या गिरावट आएसँगै आइओसीले नेपालका लागि मूल्य घटाएर पठाएको हो ।

घटाएर पठाएको मुल्य सुचीमा पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाइएको छ । निगम प्रवक्ता विनितमणि उपाध्यायले भारतले मूल्य घटाएर पठाएको जानकारी दिएकी हुन् ।

तथापी, नेपालमा मूल्य घटाउने वा नघटाउनेबारे निर्णय नभएको बताए । विगतको घाटा व्यवस्थापन गर्न तत्काल मूल्य घटाउन सक्ने अवस्थामा निगम नरहेको पनि उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १ डलरमा कारोबार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker