मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
स्थानीय खबर

लहान २४ गाेबिन्द्पुर सररे खाेलामा पुल निर्माणकाे लागि बजेट बिनियाेजन

लहान २४ गाेकिन्द्पुर हुँदै पर्यटक क्षेत्र झुटकि मानिकदह जाेडने सररे खाेलामा पुल निर्माण हुने भएकाे छ।

सितल साह जनता खबर असार ३२ लहान,

लहान न.पा. वडा -२४ गाेबिन्द्पुर पुरानाेटाेल हुँदै पर्यटक क्षेत्र मानिकदह झुटकि जाेडने सररे खाेलामा पुल निर्माणकाे लागि ८९ लाख रुपैय बजेट छुटयाईएकाे छ। टेन्डर बाट काम हुने भएकाेले टेन्डरकाे लागि प्रक्रिया अगाडि बढाईएकाे छ।पुल निर्माणकाे लागि सिरहा क्षेत्र नं.१का माननीय सांसद प्रदिप गिरिकाे स्वकीय सचिव मन्दिप भारति , लहान नपाका उपमेयर रामचलितर महताे तथा स्थानीय तहका नेताहरुकाे बिशेष पहल पछि याेजना छनाेट भएकाे कुरा एक स्थानीय नेताले जानकारि दिनुभयो ।

पुल निर्माण हुने भएपछि त्यहाका स्थानीयहरु निकै खुसि भएकाे छ। पर्यटक क्षेत्र तथा धार्मिक आस्था बाेकेकाे राज सल्हेशब बाबाकाे स्थान रहेकाे मानिकदहमा पुल निर्माण पछि पर्यटकहरुलाई आउन सजिलाे भएपछि बिगत भन्दा धेरै मात्रामा पर्यटक भित्रिने कुरा स्थानीयले बताउनु भयाे।

कृषि क्षेत्र समेत रहेका झुटकि मानिकदहका स्थानीय बासिन्दाको लागि सररे खाेलामा बर्षा याममा तरकारि ओसारपसार गर्न निकै कठिनाई भाेग्दै आईरहेका छन।पुल निर्माण भए पछि सहज तरिकाले तरकारि लगायत अन्य कृषि जन्य समान ओसारपसार गर्न सहज हुने एक किसानले  बताउनु भयाे।

पुल ठेक्का लागिसकेपछि आर्थिक बर्ष २०७९/०८० भित्र निर्माण काम सुरु हुन सक्ने कुरा स्थानीयले बताउनु भयाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker