मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

गाडी दुर्घटनामा एकको मृत्यु ।।।

सिरहाको धनगढी बजारमा गाडी दुर्घटनामा परी स्थानीय दीपक थापाको घटना स्थलमा नै मृत्यु भएको छ ।

 

सितल साह जेठ ५ । सिरहाको धनगढी बजारमा गाडी दुर्घटनामा परी स्थानीय दीपक थापाको घटना स्थलमा नै मृत्यु भएको छ ।

धनगढी बजारदेखि स्थानीय जीरोमाईलतिर रातिको करिब ९ बजेर १५ मिनेटको समयमा पूर्व पछिम राजमार्ग बाट गइरहेको अवस्थामा सडकको बाबुराम पुलको केही पूर्वमा पक्षिमबाट पूर्व तिर आइरहेको ना १ ज ३८२३ नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा बाईकमा सवार करिब ४० वर्षिय दीपक थापा दुर्घटनामा परी पूर्वबाट आइरहेको ट्रकको भित्रपट्टि परी घटाना स्थलमै ज्यान गुमाएका थिए भने थापासँगै बाईक पछाडी सवार करिब २५ वर्षिय मंकी भन्ने सञ्जय शाह सख्त घाइते भएका थिए । घाइते शाहको उपचार विराटनगरमा जारी रहेको बुझिएको छ ।

धनगढी १० का बासिन्दा थापाको शवलाई रातिनै पोस्ट मार्दमका लागि लाहान अस्पताल पुगाएता पनि जाहेरी आज मात्र परेको छ ।

बाइक प्र २ – ०१००१ प ३०२९ , म्याजीक भ्यान ना १ ज ३८२३ र ट्रक ना ६ ख ९८१४ लगायत गाडिहरु प्रहरी नियन्त्रणमा रहेको छ भने गाडी चालकहरु फरार रहेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker