मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

चन्द्र उच्च माध्यमिक विद्यालय सिरहाका प्राचार्य कर्णको दोहोरो नागरिकता ।

सिरहामा दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ ।फरक फरक जन्म स्थान बाट नागरिकता प्राप्त गरेको प्रमाण फेला परेको छ ।

चन्द्र उच्च माध्यमिक विद्यालय सिरहाका प्राचार्य कर्णको दोहोरो नागरिकता

नेपाल सरकारको कर्मचारीको दोहोरो नागरिकता निकाय वर्षौ देखी चुप चाप ।।।

बिनोद मण्डल जेठ ६ । सिरहामा दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ ।फरक फरक जन्म स्थान बाट नागरिकता प्राप्त गरेको प्रमाण फेला परेको छ ।

सिरहाको चन्द्रोयपुर २ जन्म स्थान भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएको मधुसुधन कर्णले विक्रम सम्वत २०४२/४/२० मा जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२१ शाल लेखिएको छ , भने उनै व्यक्तिले पुन जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२८/२/१ जन्म स्थान विष्णुपुर प्र . रा. देखिएको अवस्था रहेको देखिन्छ जहां दुबै प्रमाण पत्रमा बाबुको नाम तेज नारायण लाल कर्णनै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरीकता प्रमाणपत्र लिएका मधुसुधन कर्णको छिमेकी राष्ट्र भारतको समेत प्रमाण पत्र देखिएको हो ।

एउटै व्यक्ति एकातिर फरक फरक जन्म मिति अनुसार नागरिकता लिएको र अर्कोतिर भारतीय प्रमाण पत्र लिएका कर्णको प्रमाणपत्रमा समेत बाबुको नाम तेज नारायण लाल कर्ण नै लेखिएको छ । नागरिकता लिएर पनि नेपाली सरकारी सेवा सुविधा लिइरहेको अवस्थामा हालसम्म सिरहाको प्रशासनिक निकायले ध्यान नदिनु चिन्ताको विषय रहेको देखिन्छ ।

नागरीकता प्रमाणपत्र सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी ज्युलाई टेलिफोन समपर्ग गर्दा आफूलाई यस सम्बन्धमा कुनै जानकारी नभएको जानकारी दिनु भएको छ भने कर्णलाई टेलिफोन सम्पर्क गर्दा रिङ गएपनि फोन उठाउनु भएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker