मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

पर्यटन क्षेत्र माणिक दह ओझेलमा निकाय मौन ।।।

मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ स्थित रहेको धार्मिक , सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा परिचित माणिक दह विकासको मूल धारबाट टाढा रहेको देखिन्छ

सितल साह, लाहान, पुस ३ । मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ स्थित रहेको धार्मिक , सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा परिचित माणिक दह विकासको मूल धारबाट टाढा रहेको देखिन्छ ।

प्रत्येक वर्ष वैशाख १ गते बिहान ठूलो मेला लाग्ने यस ठाउँको पानीमा स्नान गरेमा सन्तानको प्राप्ति हुनुका साथै पारिवारिक शान्ति प्राप्त हुने जनविश्वास रहिआएको दह राजा सलहेसको दह मानिन्छ ।

विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण पर्यटन क्षेत्रको रूपमा रहेको यस ठाउँको विकाशमा स्थानिय निकाय मौन दर्शक बनेको हुनाले दहमा गत वैशाखमा पानी सुकेर भक्तजनहरू फोहोर र हिलो पानीमा स्नान गर्न विवस भए भने यतिबेला पोखरीको पानीमा रहेको निर्माणाधीन मन्दिरको उचित ब्यबस्थापनका अभाबको कारणले बन्न नसकेको अवस्था रहेको पाइन्छ भने मन्दिर परिसरमा दिनानु दिन जम्मा हुने फोहोरको उचित मूल्यांकन र ब्यबस्थापन अभाबको कारणले यहाँको धार्मिक स्थल ओझेलमा परेको देखिन्छ ।

मन्दिर पुग्नका लागि चारैतिर खोला नालाको बाटो तय गर्नुपर्ने बाध्यता रहेको यस ठाउँमा पुल पुलेशो निर्माणप्रति स्थानिय सरकार बेखवर रहेको पाईन्छ ।

यस ठाउँको उचित मूल्यांकन गरी पर्यटन क्षेत्रमा जोड्न सकेको खण्डमा लहान नगरपालिकामा आन्तरिक र बाहय पर्यटक आकर्षणको केन्द्र विन्दु वन्ने निश्चित देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker