मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

निजामती कर्मचारी संगठन सिराहाद्वारा सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।।।।

नेपाल निजामती कर्मचारी संगठन सिराहाद्वारा हालैको सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान सहित सम्मान गरिएको छ।

सितल साह  पाैष ३ । नेपाल निजामती कर्मचारी संगठन सिराहाद्वारा हालैको सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना अदान प्रदान सहित सम्मान गरिएको छ।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित भएका सांसदहरु रामशंकर यादव, शत्रुघन महतो लगायतलाई सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राज कुमार रायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ सांसद राम शंकर यादव ,बिशिस्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी,राज कुमार गुप्ता (राजुु)राजेन्द्र प्रसाद चौधरी, लगायतका सांसदहरु रहेका थिए ।

कार्यक्रममा वक्ताहरुले बोल्दै निजामती संगठनको गरिमालाई उच्च राख्न सबैतिर बाट आवस्यक सहयोग रहनुपर्ने बताए ।आयोजित कार्यक्रममा अथितिहरुलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको संगठनद्वारा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रमको उदघोषण नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker