मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

पत्रकार महासंघ सिराहा शाखाको १३ साधारण सभा सल्हेश फुल्बारीमा भव्यताका साथ सम्पन्न ।।।

नेपाल पत्रकार महासंघ सिरहा शाखाकाे १३ औँ साधारणसभा लहानकाे सल्हेस फुलबारीमा सम्पन्न गरिएको छ ।

सितल साह, लहान पाैष ३ । नेपाल पत्रकार महासंघ सिरहा शाखाकाे १३ औँ साधारणसभा लहानकाे सल्हेस फुलबारीमा सम्पन्न गरिएको छ ।

शाखा अध्यक्ष मनाेज बनैताकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी , बिशिष्ट अथिती नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य ललिता शाह , पूर्व शाखा अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, लगायत जिल्लाका पत्रकारहरुको उपस्थितिमा आयोजित कार्यक्रममा अथितीहरुलाई नेपाल पत्रकार महासंघ सिराहा शाखाकी उपाध्यक्ष रिनकु कुमारी दासले गम्छा ओढाएर स्वागत गरेका थिए ।

कार्यक्रमको शुरुमा नेपालको राष्ट्रिय गान गाइएको थियाे भनें तत्पशचात बिर शहिदहरुप्रति मौनधारण गरिएको थियो ।
कार्यक्रमलाई औपचारिकतामा प्रवेस गराउँदै प्रमूख अथिती चाैधरि र बिशिष्ट अथिती साह ज्यूले सामूहिक रूपमा १३ साधारण सभाको व्यानर खोलेर कार्यक्रमको उद्दघाटन गरेका थिए ।

कार्यक्रममा अथितीहरुलाई स्वागत गर्दै आफ्ना मन्तब्य शाखा सचिव शिबदयाल यादवले राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार जिबछ यादवले सिरहामा खोजमूलक पत्रकारिता आवस्यक रहेको बताउनु भएको छ भने सिरहाका दिग्गज पत्रकार अनिरुद्ध ठाकुरले पत्रकारलाई प्रशासनिक सहयोग दिनु पर्नेमा जोड दिनु भयो ।

अथितिको रूपमा पत्रकारहरु अर्जुन प्रसाद गुप्ता, अर्जुन थपलिया ,रामबाबु यादव लगायतले पत्रकारहरुको समसामायिक समस्याप्रति आ आफ्ना भनाई राखेका थिए भने बिशिष्ट पुर्ब अध्यक्ष दिनेश्वर गुप्ताले स्थानीय तहले गर्दै अाएकाे बदमासि प्रती आक्रोश पाेख्दै पत्रकारलाई सम्मान स्वरुप बयह्बार गर्न अाग्रह गर्नु भएकाे थियाे।त्यस्तै अथिती ललिता शाहले सिराहा शाखाको वर्तमान समस्यालाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको बैठकमा राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले महासंघको भवन निर्माणका लागि १० धुर जग्गा उपलब्ध गराउने उद्घोष गर्नु भएको छ ।

पुर्व निर्धारित समय बमोजिम सलहेस फूलबारीको सभा हलमा आयोजित कार्यक्रममा उद्घोषण रेडीयो आकाश गंगाका पत्रकार संजय यादवले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker