मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकमुख्य-समाचारसमाचारस्थानीय खबर

सुरुङगा न.पा.काे विकासमा पारदर्शिताको माग गर्दै स्थानिय तथा उपभोक्ता ।।।

सप्तरीको सुरुङ्गा नगरपालिकाको वडा नं ३ बलान नदी नियन्त्रणकाे लागि गरिएको विकासप्रति स्थानिय केही युवाले बजेट पारदर्शिताको माग गरेका छन ।

जनता खबर , भदाै ३ । सप्तरीको सुरुङ्गा नगरपालिकाको वडा नं ३ बलान नदी नियन्त्रणकाे लागि गरिएको विकासप्रति स्थानिय केही युवालेबजेट पारदर्शिताको माग गरेका छन ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई सलकपुर मोरङ अन्तर्गत संचालित नदी तथा खोला किनारा नियन्त्रण / व्यवस्थापन कार्यक्रमले बलान खोलाको दक्षिणी पछिमी किनारमा स्थानियको उब्जाउ हुने जग्गामा खोला नियन्त्रणको लागि गरिएको तटबन्ध र माटोको कार्यमा उपभोक्ता समितिले आफूहरुलाई सहभागी नगराई बजेट निकासा गरेकोमा स्थानिय युवाहरु शिवशंकर शाह र सुलिन्द्र पासमानले असन्तुष्टि जनाएका छन ।

साविक गाउँविकास समिति दौलतपुर ९ भुसी महुलिया लाभान्वित हुने गरी संचालित योजनामा आफूहरुलाई थाहै नदिई बजेट निकासा गरेको र हालसम्म बजेट बारे आफूहरुलाई कुनै जानकारी नभएकोले सार्वजनिक रूपमा बजेटको बारेमा आफूहरुलाई जानकारी गराउन युवाहरुले उपभोक्ता समितिका पदाधिकारीहरुसंग माग गरेका हुन ।

चहका दोभानको उक्त ठाउँको विकास बारे सलकपुर स्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिलाई टेलिफोन सम्पर्ग गर्दा रिङ गएपनि फोन उठ्न सकेन भने यता वडा अध्यक्ष किरण पोखरेललाई मोबाइल सम्पर्ग गर्दा ” यस बारे उपभोक्ता समितिलाई बुझ्नु भन्नु ” भनी जानकारी दिनु भयो ।

उपभोक्ता समितिका अध्यक्ष दीपक कार्कीलाई मोबाइल सम्पर्क गर्दा ठेक्कामा दिएर काम गराइ हरहिसाब फर्छौट गरिसकिएको जानकारी दिनु भएको थियो ।

यता स्थानिय युवाहरु आफूहरुलाई बजेटको पारदर्शिता चाहिएको अडानमा रहेका शिवशंकर शाह र सूलिन्द्र पासवानले प्रहरी चौकी समेत निवेदन दिएका छन् , उक्त सम्बन्धमा प्रहरी चौकीमा पुगेर सम्पर्ग गर्दा हामी दुवै पक्षलाई बोलाएर क्षलफलमा लैजाने जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker