मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

टोलबस्तिमा बिजुलीबत्ती अभियानका साथ अमित ठकुरी ।।।

सिराहा जिल्लाको उत्तरी पूर्वी भेगको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ का बस्तीहरूमा हालसम्म पूर्णरुपमा आम जनताको घर आँगनमा बिजुली बत्ती नपुगेको अवस्थामा वडा अध्यक्ष अमित ठकुरीले औपचारिक रूपमा कुलमान घिसिङलाई बिजुलीको सहज पहुँचका लागि केन्द्रिय कार्यालयमा पुगेर औपचारिक भेटघाट गर्नु भएको छ ।

जनता खबर, भदाै ३ । सिराहा जिल्लाको उत्तरी पूर्वी भेगको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ का बस्तीहरूमा हालसम्म पूर्णरुपमा आम जनताको घर आँगनमा बिजुली बत्ती नपुगेको अवस्थामा वडा अध्यक्ष अमित ठकुरीले औपचारिक रूपमा कुलमान घिसिङलाई बिजुलीको सहज पहुँचका लागि केन्द्रिय कार्यालयमा पुगेर औपचारिक भेटघाट गर्नु भएको छ ।

वडा अध्यक्ष ठकुरीले धनगढीमाई वार्ड न १४ का सम्पुर्ण गाउँ बस्तीमा हालसम्म बिधुतीकरण नभएको औपचारिक जानकारी नेपाल बिधुत प्राधिकरणका M.D कुलमान घिसिङलाई पत्रसाथ गराएपछि भेटघाटको क्रममा करिब २ महिना भित्र काम सक्ने गरी नेपाल विद्युत प्राधिकरण शाखा लाहानका प्रमूख हिमान्सु यादबाई आदेश गरिएको छ ।

दूरदर्शी वडा अध्यक्षको रूपमा नगरमा चिनिएको वडा अध्यक्ष ठकुरीले गरेको प्रसनिय कार्यको चौतर्फी प्रसंशा भइरहेको अवस्था रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker