मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचार

सडकको अवस्था जीर्ण निकाय मौन ।।।

बझाङको सदरमुकाम चैनपुर समीप रहेको सडकमा हिलो र धुलो हुँदा पनि प्रसासनीक निकाय मौन दर्शक बनिरहेको छ ।

  साउन १६ , बझाङको सदरमुकाम चैनपुर समीप रहेको सडकमा हिलो र धुलो हुँदा पनि प्रसासनीक निकाय मौन दर्शक बनिरहेको छ ।

आम स्थानीय जनताले भनिरहेका छन् , हेलो, जिल्ला प्रसासन कार्यालय बझाङ , जयपृथ्वी नगर प्रमुख ज्यु ,यो बाटो कहिले बन्ने हो ? जेठको महिना सम्म मतलब नगरेर असार, साउनमा सुरु हुने कस्तो काम हो यो ?

दैनिक 4000 बिध्यार्थीहरु आवतजावत गर्ने चैनपुर नजिकै भोपुर जाने बाटो हो यो ,२ हप्ता देखि बाटो हिलाम्य भएर आवत जावतमा कठिनाई उत्पन्न भइरहेको छ बाटोमा नत सजिलै हिंड्न् सकिन्छ न गाडी मोटरसाइकल पास गर्न ।

विद्यार्थीहरु विद्यालय जानेक्रममा चिप्लेर लडेर लुगा फोहोर भएर घर फर्कनु नियमित बाध्यता रहेको छ । बाटो मर्मतको लागि धेरै पटक स्थानियले दबाब दिइसक्यौ तर निकायहरु जिल्ला प्रसासन कार्यालय , सडक डिभिजन कार्यालय र स्थानीय सरकारले सडक मर्मत र बनाउन न खोज्या हो कि ठेक्दार भन्दा कम्जोर भएका हुन ?

छिटो भन्दा छिटो यो सडकमा निकायको ध्यनाकर्षण हुन जरुरी देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker