मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अन्तरवार्तासमाचारस्थानीय खबर

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति द्वारा पत्रकार सम्मेलन ।।।

नेपाली काँग्रेस सिरहा जिल्ला कर्यसमितिले पत्रकार सम्मेलन मार्फत एक बिज्ञाप्ति सार्वजनिक गरेको छ ।

 

जनता खबर , लहान १९ गते मंसिर । नेपाली काँग्रेस सिरहा जिल्ला कर्यसमितिले पत्रकार सम्मेलन मार्फत एक बिज्ञप्ति सार्वजनिक गरेको छ ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले जिल्लामा भैरहेको अबैध कारोबार र किसानहरूको समस्या प्रती गम्भीर भई पत्रकारहरुसङ कुराकानि गर्दै बिज्ञप्ति मर्फत जानकारि गराउदै देशमा आफ्नै पार्टीको सरकार भएपनि आफुहरु सरकारकाे प्रत्याभूती महसुस नगरेकाे र आम जनताले स्वतन्त्रता र सम्मान पुर्वक बाँच्न पाउने अधिकारलाई कुन्ठीत गरी दमन भईरहेको छ आरोप लगाउनु भयाे। कृषी क्षेत्रमा निर्भर रहेका किसानहरुलाई कृषी खेती गर्न आवश्यक सामग्रीहरु समयमा उपलब्ध हुन नसकेकाे कारण विभिन्न किसिमको कठिनाइ भइरहेको गुनासाे पाेख्नु भयाे ।आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई छानि छानि  झुठो आरोप लगाई वबिभिन्न मुद्दामा फसाउने कार्यहरु भईरहेको हुदा यी सम-सामयीक विषयहरुलाई एकत्रित गरि सम्पुर्ण बिषयहरु समेटि बिज्ञप्ती मार्फत माग राखी यो ज्ञापन पत्र पेश गरेका छु । तपसिलमा उल्लेखित मागहरु अबिलम्ब पुरा गरिएन भने चरणबध रुपमा गाँउदेखी सडक सम्म शान्ती पूर्ण आन्दोलन समेत चेतावनी दिएका छन।
तपसिलका मागहरु बिज्ञप्तिमा उल्लेख गरिएका छन।
१. नेपाल भारत खुल्ला सिमानाबाट संगठित खुल्ला भन्सार तस्करि भइरहेको हुदा उक्त कार्य तत्काल बन्द गर्नु पर्ने ।
२. चुरे दोहन तथा खुल्ला रुपमा वन फडानी भई वन कार्यलयको मिलोमतोमा काठ तसकरी भईरहेको तथा खोलानालाबाट अबैध रुपले गिट्टी बालुवा, गराईभेल उत्खनन  भईरहेको हुदा तलकाल बन्द गर्नु पर्ने ।
३. किसानहरुले उत्पादन गरेको धान तरकारी फलफुलहरुको उचित मूल्य कायम गरि बाजारीकरण गर्न उचित ठाँउ को पहल गर्नुपर्ने साथै किसानकालागी कृषी ऋण उपलब्ध गराई खेती गर्नका लागी रसायनिक मल र विउ तत्कालै उपल्बध गराउनु पर्ने ।
४. जिल्लाका प्रसासकिय प्रमुखज्युहरुबाट काग्रेसका कार्यकताहरुलाई ‘झुठो आरोप लागाई मुदामा फसाउने गरेको र जिल्लाका जिल्ला प्रमुख ज्युहरुले आफनो पदीय ओहदाको कार्य सम्पादनमा राजनैतिक दबाबले भेदभाव गरिरहेको हुदा तत्तकाल सो कार्य बन्द हुनुपर्ने । ५ .अर्नामा गाउपालीकामा पोल तार जडान गर्ने विषयमा बिबाद हुदा कुट पिट भई पक्राउ परेका मान्छे छोडिएको हुदा पक्रउ गरि आवश्यक कारवाई हुनुपर्ने ।
६. बरियारपट्टी गाउँपालिका बार्ड नं. १ मा बसने मृतक राम शंकर यादवलाई हत्या गर्ने फरार हत्यारा हरुलाई अबिलम्ब पक्रउ गर्नु पर्ने माग राख्दै वभिन्न
सरकारि निकायलाई ध्यानाकर्षण गराउनु भएकाे छ।   बोद्धार्थ
१, गृह मन्त्रालय सिंहदरवार काठमाण्डौ
२, प्रदेश गृह मन्त्रालय जनकपुर
३. जिल्ला प्रहरी कार्यालय सिरहा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker