मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

हेलपिङ हर्टद्वारा ब्लाङ्केट वितरण कार्यक्रम सम्पन्न ।।।

सिराहा जिल्लाको धनगढीमाईको कशहा विद्यालय परिसरमा हेलपिङ हर्टद्वारा जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।

जनता खबर , मंसिर १८ । सिराहा जिल्लाको धनगढीमाईको कशहा विद्यालय परिसरमा हेलपिङ हर्टद्वारा जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।

हिजो बिहान करिब ७ बजेको समयमा वाडा नम्बर ७ मा रहेको मावि विद्यालय परिसरमा आम स्थानियलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा धनगढीमाईका मेयर शिवशंकर महतो, वाडा अध्यक्षहरु विजय महतो , सरोज महतो , वीरेन्द्र कुमार शाह लगाएत करिब ६ सयको सहभागितामा गरिब,दलित,विपन्न असहाय ,असक्त ,अपाङ्ग लगाएत ५०० जनालाई न्यानो कपडा अन्तर्गत ब्लाङ्केट वितरण गरिएको हो ।

संक्षिप्त कुराकानीमा मेयर शिवशंकर महतोले ” धनगढी माई नगर भित्र मेराज़ खान सहित हेलपिंगहर्टले गरिरहेको योगदान अति महत्त्वपूर्ण रहेको छ र विगतका समयदेखि गरिब ,दलित , महिला लगाएतका हितमा काम गर्दै आएको महसुस ” भएको बताए ।

वाडा अध्यक्ष सरोज महतोका अनुसार ” यस संस्थाले रोजगार मुलक कार्यमा समेत समेत टेवा पुर्याएको कारण ग्रामीण स्तरमा स्वरोजगारको स्थिति सिर्जना हुन थालेको ‘ बताए

हेल्पिङ हर्टका मेराज खानले यतिबेला धनगढीमाई नगरपालिकामा व्यापक चर्चा पाइरहेको छ ।

सामाजिक कार्यमा पछिल्लो समय निक्कै चर्चामा रहेका हेलपिंङ हर्टका कार्यक्रमहरु समाजमा फलदायी भएको कारण समाजमा बिरामी उपचार देखि अति विपन्नको सहयात्रीको रूपमा परिचित यस सस्थाका कार्यहरुबाट आम स्थानिय खुशी एकातिर भइरहेका छन् भने अर्कोतिर सामाजिक कार्यमा समेत थप टेवा पुगेको अवस्था रहेको छ ।

संस्थाका मेराज खान जसले सामाजिक परिवेशलाई नजिकबाट बुझेर कार्य गरिरहेको प्रमुख कामको कारण यस संस्थालाई आम मानिसले आफ्ना सहाराका रूपमा बुझ्न थालेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker