मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
महाधिवेशनशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

३२ औं अन्तरास्ट्रिय अपांग दिवस भब्यताका साथ सपन्न।।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ३२ औं अन्तरास्ट्रिय अपांग दिवस कार्यक्रम सपन्न


ओम प्रकाश यादव लहान मंसीर १७ । मधेश प्रदेशको सिरहा जिल्लाको लहान नगरपालिकाको ट्राफिकमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ३२ औं अन्तरास्ट्रिय अपांग दिवस कार्यक्रम सपन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता संजय अग्रवालले गर्नु भएको थियो भने उदघोष मंसी साहको रहेको थियो कार्यक्रममा अपांगलाई निकै नै चुनौती खेप्नु परिरहेको छ कुनै सवारी साधनबालाले पहिला त अपांग देख्ने वितिकै गाडीनै रोकिदिदैन कथमकदाचित रोक्यो भने बस्ने ठाउँ नै हुदैन यस्ता प्रविर्तिहरुलाइ सक्दो समाधान गरियोस भनि नेपाल प्रहरीका डिएसपी जिल्ला ट्राफिक तथा यातायात कार्यालय लहानलाई अनुरोध गरेका थिए ।
मन्तव्यकै क्रममा जिल्ला ट्राफिक उपरीक्षक डम्मर बहादुर पुरीले आफ्ना अधिकारका लागि आफै लड्नु पर्छ कोहि लेउ भनेर दिदैन रह्यो कुरा हाम्रो यदि कुनै सवारी चढ्दा सवारीभित्र अपांग , विपन्न , तथा जेष्ठ नागरिक भनेर प्रत्येक सवारीमा सिट छुट्याएको हुन्छ त्यो सिटमा बस्न दिएन भने हाम्रो नम्बर १०० मा सपर्क गर्नुस हामी उतिखेरै यस्ता समस्या समाधान गर्ने गरेका छौ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker