मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

सिरहाको लहानमा भीषण आगलागी हुदा लाखौको क्षती

मधेश प्रदेशको सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आज करिब १:३० बजे आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ ।

ओम प्रकाश यादव , लहान मंसीर १७ । मधेश प्रदेशको सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आज करिब १:३० बजे आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो करिब १:३० बजेतिर भीषण आगलागी भएको हो ।
भने उक्त आगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल मोटरसाइकल अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जल्दा करिब ६० लाख बरावरको क्षति भएको अनुमान गरिएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो ।प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र प्रहरीले क्षतिको यकिन विवरण संकलनसहित घटनाको अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker