मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

विधिपूर्वक कलश यात्राको आयोजना सँगै घटस्थापना ।।।

हिन्दूहरुको महान चाड बडा दसैंको पहिलो दिन विधिपूर्वक घर घरमा जमरा राखिएको छ ।

जनता खबर , असाेज २८ ।हिन्दूहरुको महान चाड बडा दसैंको पहिलो दिन विधिपूर्वक घर घरमा जमरा राखिएको छ ।

घटस्थापनाको पावन अवसरमा सिराहा जिल्लाका जलाशयहरुबाट कलश यात्रा मार्फत जल भरिएको छ ।

सिराहा जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको दुर्गा भवानीको शक्ति पीठहरुमा विधिपूर्वक घटस्थापना गरिएको छ ।

सडक केन्द्रित भई आयोजित कलश यात्राले सिराहा जिल्लाको ग्रामीण भाग देखि सहर बजार सबैतिर खुशीयाली छाएको थियो ।

सिराहा जिल्लाको विभिन्न शक्ति पिठहरूमा अत्यन्त निष्ठापूर्वक भक्ति भावका साथ बिहान बेलुका विधिपूर्वक दुर्गा भवानीको पूजा पाठ थालिएको हो ।

शक्ति पीठहरुमा सांस्कृतिक नृत्य अन्तर्गत लगातार विजया दशमीको दिनसम्म विभिन्न टोलीका साथ झिझिया नृत्य पनि आजै बाट थालिएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने हिन्दूहरूको महान चाड दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि शुरू हुन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाईने हिन्दूहरुको महान चाड बडादसैंको पहिलो दिन आईतबार घरघरमा जमरा राखिँएको छ ।

दसैंको पहिलो दिन ‘शैलपुत्री’ नामकी दुर्गाभवानीको पूजा गरी घटस्थापना राख्दै जमरा राख्ने गरिन्छ ।

दसैंको पहिलो दिनमा नदी वा चोखो स्थानबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरी पूजाकोठा या दशैं घरमा जमरा उमार्न माटाको कलश स्थापना गरी गोबरले टाँसेर जौ रोप्नुलाई जमरा राख्ने भनिन्छ ।

जमरा राखेर आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म लगातार १५ दिनसम्म धूमधामका साथ मनाइने बडादशैं विधिपूर्वक शुरू भएको छ ।​

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत रहेको बताइएको छ ।

जिल्लाका प्राय सबै पवित्र जलाशयहरुमा जल भरेर पूजाको शुरू गरिएको छ ।

सिरहाको पूर्वी भाग भगवानपुर , लगायत लहान , धनगढी , गोलबजार ,मिर्चैया ,बन्दीपुर , कल्याणपुर ,सदरमुकाम सिराहा , लगाएत ग्रामीण बस्तिका विभिन्न टोलहरुमा पनि दुर्गा भवानीको कलश यात्रा निकालिएको अवस्था रहेको छ ।

सिराहा जिल्लाको ठाउँ ठाउँमा निकालिएको कलश यात्रामा स्थानिय प्रशासनको समेत सहभागी रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker