मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
महाधिवेशनसमाचारस्थानीय खबर

लहान २४ मा ज.स.पा. नेपालकाे दलित बर्गिय संगठन गठन।।

लहान न.पा.वडा २४ मा जसपा नेपालकाे दलित बर्गिय संगठन गठन सफलता पुर्बक सम्पन्न भएकाे छ।

सितल साह ,असाेज २८,। लहान न.पा.वडा २४ मा जसपा नेपालकाे दलित बर्गिय संगठन गठन सफलता पुर्बक सम्पन्न भएकाे छ।

चन्देश्वर साहकाे अध्यक्षतामा बसेकाे भेलामा प्रमुख अतिथि मधेश प्रदेश सांसद ललिता दास, बिशिस्ट अतिथि लहान नगर उपप्रमुख रामचलितर महताे वडा अध्यक्ष रासलाल राय ,वडा सदस्य भाेगेन्द्र पासमान लगायत १५० जाना दलित महिला तथा पुरुषको सहभागिता रहेकाे थियाे।

वडा सदस्य भाेगेन्द्र पासमानकाे विशेष अगुवाईमा बसेकाे साे भेलाबाट १३ सदस्य वडा स्तरीय दलित बर्गिय कमिटि गठन भएकाे छ।दलित बर्गिय कमिटिकाे अध्यक्षमा जाेगिन्द्र राम,उपाध्यक्षमा सुरेखा देबि सदा,सचिबमा हिरा देबि पासमान,सह-सचिबमा शिवा सदा,काेषाध्यक्षमा मदन रम्ते सर्ब सहमतिले चयन भएका छन।

केन्द्रीय सर्कुलर अनुसार विभिन्न बर्गिय संगठन तयार गर्नु पर्ने बताउदै नेता तथा उप प्रमुख महताेले दलितहरुकाे हक अधिकार प्रप्तिको लागि दलित बर्गिय मन्च गठन गरि अगाडि बढनु पर्छ बताउनु भयाे।गरिब दलित पिछडिएको वर्गकाे लागि जसपा पार्टी निर्माण भएकाे बताउदै अझै हामिहरु र हाम्रो पार्टी संषर्समै रहेकाे थप्नु भयाे।


कार्यक्रमको अन्तम आउदै गरेको दशै,दिपावलि,छठ पर्बको शुभकाना एक अर्कामा साटा साट गरदै बैठक समापन गरिएकाे थियाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker