मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अन्तर्राष्ट्रिय

साउदिमा १० नेपाली अलपत्र उदारकाे अपिल

रोजगारीको क्रममा साउदी अरेबिया पुगेका १० जना नेपाली रियादमा अलपत्र परेका छन् ।

राम एकवाल राम लहान -असाेज २५ रोजगारीको क्रममा साउदी अरेबिया पुगेका १० जना नेपाली रियादमा अलपत्र परेका छन् ।

 

काठमाडौंमा रहेको फजल ईन्टरनेशनल प्रा.लि. मेनपावरबाट ३० सेप्टेम्बर २०२२ मा साउदी पुगेका १० जना नेपाली ६ महिनादेखि अलपत्र परेका छन् । नेपालमा गरेको सम्झौताअनुसार ८ घण्टा काम गरे बापत एक हजार र खानाको ३ सय साउदी रियाल दिने भनेर उनीहरू साउदीको सनाद कन्स्ट्रक्सन एण्ड सिभिल इन्जिनियरिङ्ग नामक कम्पनीमा काम गर्न साउदी पुगेका थिए । ६ महिना देखि बिना काम हामीलाई अलपत्र पारेको छ भने बिना बिजुली भएको पुरानो घरमा राखिनुको साथै पिउने पानीदेखि खाद्यान्नको समेत समस्यामा रहेको पीडितहरुको भनाई छ ।

 

पीडितहरुले नजिकै रहेको मसजितबाट मागेर पेट पालेको समेत गुनासो गरेका छन् । खानाको लागि समेत पैसा नदिएपछि पानी पिएर समय टार्नु परेको पीडितहरुको भनाई छ।खानाको लागि पैसा माग्दा १५ दिनमा ५०/१०० साउदी रियाल मात्र दिएको पीडितहरूले बताएका छन्।म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख सम्म बुझाएर त्यहाँ पुगेका उनीहरुको भनाई छ। तत्काल स्वदेश फिर्ताको लागि अनुरोध गर्दै पीडित भन्छन कम्पनीले अलपत्र पारेको जानकारी मेनपावर र गाउँका एजेन्टलाई गराउँदा आज भोलि गरेर ६ महिना सम्म कतैबाट पनि सुनाई नभएको गुनासो गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker