मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अन्तर्राष्ट्रियसमाचार

श्रीलंकाकाे राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित।

श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन्।

कोलम्बो, ४ साउन । श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए ।

२२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए । वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाए ।

विक्रमासिंघेलाई  प्रदर्शनकारीहरूले खासै मन पराउँदैनन् । उनलाई राजापाक्षेको सहयोगीका रूपमा हेर्छन् । प्रदर्शनकारीले प्रधानमन्त्री पदबाट राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कार्यवाहक राष्ट्रपति बनेपछि उनले देशमा संकटकाल घोषणा गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker