मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

हमलाकारीलाई सिरहा एसपी लिम्बुले संरक्षण गर्दै

अपराधीलाई कानुनी दायरामा ल्याउँनुपर्छ । यसको निम्ति जाहेरी दिनुस् यो कथन सिरहाका एसपी टेकुनन्द लिम्बुको हो । घटना नवराजपुरमा भदौ ११ गते दिउँसो ३ बजेतीरको हो ।

सिरहामा फितलो शान्ति सुरक्षा, पत्रकारहरु आन्दोलित
नवसंग्राम दैनिक
लहान, १४ भदौ । अपराधीलाई कानुनी दायरामा ल्याउँनुपर्छ । यसको निम्ति जाहेरी दिनुस् यो कथन सिरहाका एसपी टेकुनन्द लिम्बुको हो । घटना नवराजपुरमा भदौ ११ गते दिउँसो ३ बजेतीरको हो । पोखरी विवादको क्रममा नवराजपुरको ट्रयाक्टर तोडफोड गरी आगजनी गर्ने प्रयास गर्दा फोटो लिन खोज्दा १२—१५ जनाको एक समूहले पत्रकारमाथी हमला गरी मोबाईल खोसेर भागे थिए । एसपीलाई पटक पटक फोन गर्दा अपराधीलाई पक्राउ गर्न असक्षम भएका थिए प्रहरी । जहाँ हमला गर्ने र मोवाइल खोस्नेको नाम ठेगाना सबै प्रहरीलाई जानकारी गराएका थिए । तर, असक्षम प्रहरीले दोषीलाई नियन्त्रणमा लिन सकेन । भदौं १२ गते समेत अपराधीलाई पक्राउ गर्न नसकेका सिरहा प्रहरीले आफ्नो असक्षमताको प्रदर्शन गरे ।

भदौ १२ गते नै सिरहाका एसपी टेकुनन्द लिम्बुलाई नेपाल पत्रकार महासँघका एक टोलीले भेट । भेटको क्रममा एसपी लिम्बुले भने ‘किटानी जाहेरी दिनुस् ।,‘ हामी कारवाही गर्छु ।’ त्यसको भोली पल्ट भदौ १३ गते विहान पत्रकारमाथी हमला गरेका चन्दनलाई पक्राउ गरे । पक्राउ गरिएका हमलाकारीलाई राजनीतिक दवावमा सिरहाका एसपी टेकुनन्द लिम्बुकै निर्देशनमा त्यो चन्दनलाई रिहा गरेर घर पठाए । एउटा जिम्मेवार एसपीले सुरक्षा र स्वतन्त्रतामाथी प्रहार गरेर अपराधीलाई उन्मुक्ती दिएको छ । हमलाकारी अपराधीलाई संरक्षण दिने एसपी लिम्बुलाई कारवाही हुनुपर्छ की पर्दैन ? व्यापक प्रश्न उठ्न थालेको छ ।

नेपाल पत्रकार महासँघ सिरहाले अपराधी संरक्षण गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ । योसँगै हमलाकारीहरुलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गर्न समेत माग गरेको छ । हमलाकारी र प्रेस स्वतन्त्रतामाथी हमला गर्ने पक्षलाई यथाशिघ्र कारवाही गर्न माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । भदौ १४ गतेदेखि नेपाल पत्रकार महासँघ सिरहा चरणबद्ध आन्दोलनको तयारीमा जुटेको जानकारी प्राप्त भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker