मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedअपराधपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

महासंघकाे दवाव पछि हिजाे रिहाइ गरीएका चन्दन सहित थप १ जना पक्राउ ।।

सितल साह , लहान ,भदाै १४ ।। पत्रकार महासंघ सिरहा शाखाकाे व्यापक दवाव पछि हिजाे रिहाई गरिएका चन्दन कामति सहित कमलेश यादबलाई आज बिहान महेशपुर पताईर प्रहरीले पक्राउ गरीएकाे छ।

सिरहाको नवराजपुर गाउँपालिका स्थित पोखरी विवाद चर्किंदै अराजक बन्दै गएको अवस्थामा फोटो खिच्न पुगेका नेपाल पत्रकार महासंघ सिराहा शाखाका वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता र जयनाथ यादबमाथि भएको सांघातिक हमलाका दोषीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएपछि महासंघद्वारा पूर्व घोषित कार्यक्रम तत्काललाई फिर्ता गरिएको छ ।

नवराजपुरमा पत्रकार कुटपिट तथा मोबाईल लुटपाट गर्ने समुहका कमलेश यादवलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ भने पक्राउ परेर राजनैतिक दबाबका कारण छोडिएका चन्दन कामैतलाई पुनः जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत निकाई ई.प्र.का. महेशपुर पतारीले नियन्त्रणमा लिएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको छ ।

यता घाउ,चोट जाँच गरेर पत्रकारद्वय दिनेश्वर प्रसाद गुप्ता र जयनाथ यादवले कानुनी कारवाहीको माग राख्दै प्रहरीमा जाहेरी दिएका हुन ।

प्रहरीले कानुनी कारवाहीको प्रक्रिया अगाडि बढिसकेको जनाएपछि नेपाल पत्रकार महासंघ सिराहा शाखाद्वारा पूर्व घोषित आन्दोलन कार्यक्रम स्थगित गरिएको बुझिएको हो ।

एत सामतिएका आरोपी छुटाउन व्यापक राजनैतिक दवाव भईरहेकाे छ र यसरी कुनै राजनैतिक दबावका कारण बिना कुनै कानुनि प्रक्रिया अगाडि नवढाई आरोपित रीहाई भए आफुहरु चरन बद्व आन्दोलन गर्न पछी नहटने महासंघले जानकारी गराउनु भएकाे छन।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker