मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

लहान नगरपालिकाको विकासको उदाहरण बन्दै गुदीगाउँ ।।।

सिराहा जिल्लाको लहान नगरपालिकाको गुदीगाउँ स्थित बीच सडकमा विद्युतको खम्बा गाडेर विकासको सपना बुन्दै आएको छ,लाहान नगरपालिका ।

विनोद मण्डल,कार्तिक ९ । सिराहा जिल्लाको लहान नगरपालिकाको गुदीगाउँ स्थित बीच सडकमा विद्युतको खम्बा गाडेर विकासको सपना बुन्दै आएको छ,लाहान नगरपालिका ।

स्थानिय खुट्टी खोलाको निकासीको मुख्य केन्द्र बिन्दुको रूपमा रहेको स्थानिय गुँदीगाउँ स्थित बीच सडकमा विद्युतको खम्बा भएपनि नेपाल विद्युत प्राधिकरण लहान र लहान नगरपालिका बेखवर भै बसेको अवस्था रहेको छ ।

आवत जावतमा प्रत्यक्ष्य असर पर्ने गरी वर्षौंदेखि विद्युतको खम्बा बीच सडकमा रहिरह्दा पनि उक्त अवस्था प्रति निकाय मौन दर्शक बनिरहेको छ ।

लहान नगरपालिकाको वाडा नम्बर १० र १४ को सीमानाको रुपमा बीच सडकमा नेपाल विद्युत प्राधिकरणको फलामे पोल भइरहँदा पनि नेपाल विद्युत प्राधिकरण लहानले पटक पटक जानकारी पाएं पनि उक्त पोल हटाउन मानेको छैन ।
यता लहान नगरपालिकालाई स्थानियले पटक पटक पोलको बारेमा जानकारी दिएपनि स्थानियको आवाजलाई नसुनी बसिरहेको अवस्था रहेको छ ।

आवत जावतमा कठिनाई उत्पन्न भइरहेको यस खम्बामा ठोकिएर केयौ पटक दुर्घटना भएको स्थानियले बताएका छन् ।

कागजी र फेसबुकमा लाहान नगरपालिकाको विकास देखिएपनि वास्तविक रूपमा त्यसो नरहेको स्पष्ट बुझ्न सकिन्छ ।

विकास भए नभएको स्पस्ट बुझ्न सकिने ज्वलन्त उदाहरणको रूपमा बीच सडकमा उभिएर विद्युत पोललाई हेरेर बुझ्न सकिन्छ ।

जे होस् ,निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker