मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

सल्यानमा युवाहरुको कुटाईबाट एक युवकको मृत्यु ।।।

सल्यानमा युवाहरुको कुटाईबाट एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

 

जनता खबर ,कार्तिक १० । सल्यानमा युवाहरुको कुटाईबाट एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सल्यान जिल्लाको बागचौर नगरपालिकाको वाडा नम्बर ७ स्यालगाउँका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले स्थानिय २० वर्षीय घनश्याम वलीलाई पिटेर मृत्यको मुखमा पुगाएका छन ।

गत कात्तिक ४ गतेको दिन सल्यान बागचौर नगरपालिका वडा नम्बर ७ स्यालागाउँका २० वर्षीय घनश्याम वली आफ्नै गाउँको श्री उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिवल खेल्नको लागि दिउँसो करिव ४ बजेको समयमा पुगेका थिए ।

भलिवल खेल मैदानमा पुगेका वलीलाई मादक पदार्थ सेवन गरेका केशर वलीले ” ए भाई तेरो दाईलाई ढोग गर ” भन्दै आफूलाई खुट्टामा ढोग्न लगाउँदा उनले ” मैले किन तपाईंलाई खुट्टामा ढोग्ने , ढोग्दिन ” भनेपछि हात हालाहालको स्थितिको सिर्जना भएको थियो ।

खेल मैदानमा केशर वली र सन्तोष वलीले मर्नासन्न हुनेगरी पिटेर घाइते भएका घनश्याम वलीलाई छोडेर भागेका थिए ।

जसो तसो घर पुगेका घनश्याम घरमा सिकिस्त बिरामी परेपछि उनलाई उपचारको लागि उनका बुबाले भारतको नानपारा स्थित अस्पतालमा पुर्याएपछि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकका आफन्तले किटानी जाहेरी दर्ता गराएपछि केशर वलीलाई सल्यानको बागचौर वाडा नम्बर ९ को मौरीघारे परीलेखबाट र सन्तोष वलीलाई दाङ जिल्लाको तुलसीपुर वाडा नम्बर १२ को रझेनाबाट पक्राऊ गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker