मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचारस्थानीय खबर

सिरहाका पालिकाहरुले बिधालयमा जाडाे बिदा दिदै।।।

सोमबार विहानबार एक्कासी चिसो बढेपछि विद्यालयको शिक्षण सिकाईकाई प्रभावितहुने भन्दै जिल्लाका स्थानीय तहहरुले विद्यालय बन्द गरेका हुन्।

सिराहा १९ पुस। सिराहाका पालिकाहरुले चिसोको कारण विद्यालयहरु बन्द गर्न थालेको छ। सोमबार विहानबार एक्कासी चिसो बढेपछि विद्यालयको शिक्षण सिकाईकाई प्रभावितहुने भन्दै जिल्लाका स्थानीय तहहरुले विद्यालय बन्द गरेका हुन्।

जिल्लाको नजवराजपुर गाउँ पालिकाले शितलहर तथा अध्यतिक चिसो बढ्न गएको हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पुस १९ गतेबाट अर्को सुचना जारी अहुन्जेल सम्मलाई सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठन–पाठन स्थगित हुने प्रखुख प्रशासकिय अधिकृत राजकिशोर साहद्वारा जारी सूचनामा उल्लेख गरेको छ।

जिल्लाको मिर्चैया नगरपालिका र अर्नामा गाउँपालिकाले भने पुस १९ देखि २२ गते सम्म विद्यालयको पठन–पाठन स्थगित गरेको छ। मिर्चैया नगरपालिकाका नगर शिक्षा अधिकृत भरत कुमार बानियाँले जारी गरेको सूचनामा पठन–पाठन स्थगित रहेपनि प्रशासनिक कार्यभने जारी रहने उल्लेख गरेको छ।

त्यसैरी, कर्जन्हा, धनगढीमाइ, सुखिपुर नगरपालिका र भगवानपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले ३ दिनसम्मको लागी विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ।

अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन सिंहले मौसममा देखिएको प्रतिकुलतालाई मध्यनगर गरेर पुस १९ गते देखि २२ गते शुक्रवार सम्मको लागी विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिएको छ। उनले चिसोले बालबालिकाहरुको नियमित पठनपाठनमा हुने असहजतालाई मध्यनजरगरी विद्यालय बन्द जनाए।

दुइदिन देखि एकाएक चिसो बढेकोले पालिकाहरुले तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देव शंकर यादवले जानकारी दिए।

जिल्लाका धेरैजसो पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठन–पाठनमा समस्या भएकाले विद्यालयमा तिन दिनको बिदा दिएका छन्।

सोमवार विहानदेखि बाक्लो हुस्सु र चिसो हावाले एकाएक अत्यधिक चिसो बढेको छ। चिसोले खासगरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भईरहेको छ। बाक्लो हुस्सुकै कारणले सिरहाबाट बिहानै चल्ने सार्वजानिक सवारी साधन समेत प्रभावित भएका छन्।

स्थानीय पालिकाहरुले विद्यालयहरुलाई पठनपाठन स्थगित गर्ने सूचना जारी गरेको भएपनि संस्थागत विद्यालयहरुले भने पढाई रोकेको छैन्। माैसम बिभागले तीन दिन सम्म हुस्सु , हल्का हावा चल्ने अनुमान रहेका कारण माैसम खराब रहने जानकारि गराए पश्चात् स्थानीय तहहरुले साे बिदाकाे लागि धमाधम सुचना जारि गर्न थालेका हुन।श्राेत समाजिक संजाल।।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker