मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकपत्रपत्रिकासमाचारस्थानीय खबर

धनगढीमाई नगरपालिकाले लोकसेवा तयारी कक्षाको नाममा ब्रहमलुट

सिरहाको धनगढीमाई नगरपालिकाले लोकसेवा तयारी कक्षाको नाममा ब्रहमलुट गरेको छ ।

जनता खबर सिरहा,साउन २ ।।।सिरहाको धनगढीमाई नगरपालिकाले लोकसेवा तयारी कक्षाको नाममा ब्रहमलुट गरेको

लोक सेवा तयारी कक्षा २०७९ चैत ९ गते देखि २०८० बैशाख ८ गतेसम्म सञ्चालन भएको थियो । नगरपालिकाले सञ्चालन गरेको तयारी कक्षा अन्तर्गत सुब्बा र खरिदारको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरेको रहस्य खुलेकाे छ । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङ्गसँग नगरपालिकाले नायव सुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याट वाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको थियो । सम्झौता बमोजिम तयारी कक्षामा देखाइएकोबमोजिमको सहभागी नभएको खुलेकाे छ ।

खरिदारमा ६६ र नायव सुब्बामा ६५ जनासहित एक सय ३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख भए पनि विद्यार्थीको सहभागीता भने ५० भन्दा कम रहेको अवस्था रहेको देखिन्छ । बुद्ध महिला सहकारी संस्थाको सभाहलमा चलाइएको कक्षाका लागि भाडा स्वरूप ९०हजार भनिए पनि सहकारीलाई २० हजारमात्र भाडा बुझाएको स्रोतको दावी छ ।

“संस्थाले प्रशिक्षकहरुको पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च जसमा किताव, टिसर्ट, कपी कलम, ह्यान्डस आउट, तालिम संयोजक, सह संयोजकको पारिश्रमिक, सहभागीहरुको चिया विस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाई, उदघाटन/समापन, प्रदिवेदन, संचार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुगमन तथा अन्य सम्झौता बमोजिमको रकम गत बैशाख ११ गते भुक्तानीको लागि नियमानुसार सम्झौता र कार्यादेश बमोजिम कार्यक्रम सम्पन्न प्रतिवेदन तथा अन्य आवश्यक कागजात पेश गरेपछि गत बैशाख २० गते भुक्तानी फिएको समेत देखिन्छ ।

” सभार सिरहा अनलाइन खबर पोष्ट ‘‘नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा लोक सेवा तयारीकक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो । सेवाप्रदायक संस्थाले ३१ लख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ।‘‘ यसरी ब्यापक रुपमा अनियमितता गर्दै बजेट पचाउने हिसाबले अघि बढ्दा धनगढीमाईका युवाहरुले नगर प्रमुख लगाएत निकायसंग जबाफ मागेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker