मिति:- २५ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

मधेश प्रदेशका मन्त्री सहितको टोली स्थलगत अध्ययनमा ।।।

सिरहा जिल्लाको सूखीपुर नगरपालिकाको वडा नं ८ र वाडा नंवर १० को बिचमा रहेको गागन नदीको स्थलगत अध्ययन  मधेस प्रदेश सरकारका भेोतिक पुर्बाधार बिकास मन्त्री कृष्ण प्रसाद यादव र स्वास्थय मन्त्री बिरेन्द्र प्रसाद सिंह र नेपालि कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव सहितको टोलीले गर्नु भएको छ ।

जनता खबर, साउन २ । सिरहा जिल्लाको सूखीपुर नगरपालिकाको वडा नं ८ र वाडा नंवर १० को बिचमा रहेको गागन नदीको स्थलगत अध्ययन  मधेस प्रदेश सरकारका भेोतिक पुर्बाधार बिकास मन्त्री कृष्ण प्रसाद यादव र स्वास्थय मन्त्री बिरेन्द्र प्रसाद सिंह र नेपालि कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव सहितको टोलीले गर्नु भएको छ ।

बिहान ९ बजेर ४५ मिनेटको समयमा मधेस प्रदेश सरकारका भेोतिक पुर्बाधार बिकास मन्त्री कृष्ण प्रसाद यादव र स्वास्थय मन्त्री बिरेन्द्र प्रसाद सिंह
लगायतको मन्त्रीहरु सभापति यादवको जिरोमाईल स्थित निवासमा करिब ३२ मिनेट नेताहरु सँगको भेटघाट गरेका थिए ।

सभापति यादवको निवासमा सयौको संख्यामा स्वागत गर्न पुगेका स्थानियले भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य मन्त्रीलाई भेटेर आफ्ना टोल बस्तीका समस्याहरू राखेका थिए ।

भौतिक पूर्वाधार मन्त्री यादवले ” आफ्नो मार्फत रहेको मन्त्रालयबाट सिरहामा सबै भन्दा बढी बजेट विनियोजन गरेको बताउनु भएको हो ‘

भेटघाटको क्रममा रहेका स्वास्थ्य मंत्री सिंहले” मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन देख्न पाइने बताउनु भएको हो ” ।

आपसी भेटघाट गर्दै मंत्री सहितको टोली सुखीपुर नगरपालिकाको स्वास्थ्य चौकीको नवनिर्मित वर्थिङ भवनको उद्दघाटन समारोहमा सहभागी हुन पुगेका थिए ।

स्थानिय गागन नदीको समस्या सभापति रामचन्द्र यादवलाई स्थानियले राखेपछि मन्त्री सहितको टोली उक्त ठाउँमा पुगेर स्थलगत अनुगमन गर्नु भएको हो ।

वर्षाको समयमा स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भइरहेको गुनासो मन्त्री यादवलाई राखेपछि ” पुलको आवस्यक काम र प्रक्रिया अगाडी बढाउने ‘ बताउनु भएको हो ।

स्थलगत अनुगमनमा रहेका सभापति रामचन्द्र यादवले” आफू भूतपूर्व नभएकोले ग्रामिण क्षेत्रमा सडक निर्माण लगायतका आम जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्दै आएको ” बताउनु भएको छ ।

स्थलगत अनुगमन पछि स्वास्थ्य चौकी सुखीपुर कार्यक्रममा सहभागी हुँदै मंत्री यादवले नवनिर्मित भवनको उद्घघाटन गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker