मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

फुटबल बिश्व कप हेर्न कतार पुगे सिरहा जिल्ला प्रमुख कबाडि

मधेश प्रदेशको सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी ज्यू विश्व कप हेर्नका लागि कतार पुग्नु भएको छ ।

सितल साह, मंसिर १७ । मधेश प्रदेशको सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी ज्यू विश्व कप हेर्नका लागि कतार पुग्नु भएको छ ।

नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपुर्ण तवरले सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निभाएका प्रमुख जिल्ला अधिकारी चौतर्फी चर्चाका पात्र बनेका छन् ।

अत्यन्तै नरम स्वभाव र दूरदर्शिताका धनी कवाडी विश्व फुटबल प्रतियोगिता हेर्नका लागि कतार पुग्नु भएको हो । त्रिभुवन अ्तर्राष्ट्रिय विमान स्थलबाट हवाई यात्रा गरेर कतार पुगेका कवाडीलाई कतार स्थित विभिन्न कम्पनीहरुमा कार्यरत सिराहा बासीहरुले एयरपोर्टमा फूल माला र खाँदा ओढाएर भब्य स्वागत गरेका छन ।

कवाडी कतार आउने खवर पाएपछि एयरपोर्टमा उनलाई स्वागत गर्नका लागि एक दिन अगाडि देखी सिराहाबासी काम छोडेर प्रतिक्षामा बसेको श्रोतले जनाएको छ ।

कतार पुगेका कवाडीले आफ्नो पारिवारिक भेटघाट गरेका छन भने कतार स्थित विभिन्न खेल रंगशालामा पुगेर विश्व कप हेर्ने बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker