मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedअपराधसमाचारस्थानीय खबर

सरकारि बाईक दुरुपयाेग भईरहेकाे फाेटाे खिच्दा पत्रकार सिहंलाई अभद्र ब्याहवार गरि कुटपिट

सिरहाका सक्रिय पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराले अभद्र ब्यहवार गरि मुक्का प्रहार गरेका छन् ।

सितल साह मंसिर १७ । सिरहाका सक्रिय पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराले अभद्र ब्यहवार गरि मुक्का प्रहार गरेका छन् ।

बिवाहपञ्चमी मेलाको अवसरमा सरकारी गाडी दुरुपयोग गरेको भनी समाचारहरु बाहिर आउँदा सामाचार बाहिर ल्याएको झोकमा पत्रकारमाथी भौतिक आक्रमण भएको छ ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवा उर्फ शिव उदगार यादवका छोरा चन्दन यादवले पालिकाको मोटरसाइकल प्र. ०१.००१.बा. ०३२३ को दुरुपयोग ईटहर्वा मेला जादा गरेको खबर पाए पश्चात् स्थानीय पत्रकार प्रदीप सिंहले यादवको फोटो खिचेका थिए ।

मोटरसाइकलमा सवार पालिका अध्यक्ष शिवाका छोरा र उनका साथीहरूले पत्रकार प्रदिपलाई त्यसै निहुँमा निर्घात कुटपिट गरेका छन् ।

पत्रकार सिंहले न्यायको लागि सरोकारवालालाई जानकारी गराउँदै सिंहले घटनाबारे बिस्तृत विवरण नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादवलाई बुझाएको छ भने कानुनी प्रक्रियाका लागि समेत अगाडि बढेको जानकारी प्राप्त भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker