मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

लालबाबु राउतलाई अख्तियारको पत्र ।।।

मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले गरेको खर्चको विवरण अख्तियारले माग गरेकाे छ ।

मधेश प्रदेश मंसिर १४ । मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले गरेको खर्चको विवरण अख्तियारले माग गरेकाे छ ।

राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘मधेश मन्थन’ मा भएको खर्चको विवरण सहितको हिसाब मागेको छ ।
गत आर्थिक वर्षको अन्त्यमा एउटा सञ्चार गृहले ‘मधेश मन्थन’ कार्यक्रमको आयोजना गरेका थिए । त्यसमा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत केही मन्त्रालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश सभा, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरकारी निकायहरुको नाम प्रायोजकमा राखिएको थियो ।

अख्तियारले निजी संस्थाको कार्यक्रममा सरकारी रकम प्रयोग गरिएकोमा सवाल उठाउँदै विवरण माग गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अख्तियारले त्यसको प्रक्रिया लगायतका जानकारी पनि माग गरेको छ । अख्तियारले यस अघि नै मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का दर्जन बढी सरकारी अधिकारी, ठेकेदार लगायतमाथि साईकल खरिदमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ ।
श्रोत समाजिक सञ्जालबाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker