मिति:- २६ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधदुर्घटनासमाचारस्थानीय खबर

बाख्रा चराउन निस्केकी महिलाकाे दुई दिन पछि शव भेटे

सिरहामा बाख्रा चराउने क्रममा हराएकी एक महिलाको शव दुई दिनपछि फेला परेको छ ।

सिरहामा बाख्रा चराउने क्रममा हराएकी एक महिलाको शव दुई दिनपछि फेला परेको छ । गत बिहीबारदेखि हराएकी ती महिलाको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको हो ।

सिरहाको विष्णुपुर गाउँपालिका–२ बस्ने ४७ वर्षीया उर्मिलादेवी यादवको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker