मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

जनता भन्छन् अबकाे पालाे सिरहा २ मा राजकिशाेर यादबलाई ।।

राजकिशोर जनताका बीच विकासप्रेमी र मिलनसार नेताका रूपमा चिनिन्छन् । मधेस विद्रोहबाट आएका उनी दुईपटक सांसद हुँदा पनि सिरहाका भूगोल र जनतासँग आफ्नो साइनो चुँडाएनन् । बरु निकै जोडतोडका साथ विकासमा जुटे ।

सिरहा मंसिर २ । २०५६ को निर्वाचनमा माइतबाट चुनाव लड्न आएकी चित्रलेखा यादब सिरहा क्षेत्र नम्बर २ का मतदाताले ट्याक्टरभरि साडी कोसेली दिएर मतदान गर्ने संकेत दिए । यस भूगोलका बहुसँख्यक जनता दलीय तथा जातीय संकीर्णताभनदा माथि उठेर रासका रास भोट दिए । र, उनै नवराजपुरकी छोरी चित्रलेखा यादव ठूलो मतान्तरले विजयी भई सांसदमा पुगिन ।

त्यो घटनाको आज २३ वर्ष भएको छ । चित्रलेखा फेरि पनि यस क्षेत्रबाट पाँचदलीय गठबन्धनका उम्मेदवार भएर जनतासामु मत माग्न आएकी छिन्। स्थानीय जनता भन्छन्, ‘आज मत माग्न आउने छोरी यतिका वर्ष माइत र घर दुवैबाट हराइन् । प्रत्यक्ष र समानुपातिकतर्फ गरी तीनपटक व्यवस्थापिका संसद् सदस्य र अन्तरिम विधायिका सदस्यसमेत बनेकी उनी काठमाडौंतिर नै भुलेकी रहिछन् ।’

यता क्षेत्रका जनता भने बितेका वर्षमा दुर्दशाका शिकार भए । खेतीकिसानी बिग्रियो, बाटाघाटा पहिलाझैं रहे, खालानदीमा पुल बनेनन्, भएका कुलाहरू पनि भत्किँदै गए ।तर, चित्रलेखा गाउँ फर्किनन्। गाउँलेका पीडा सुन्न चाहिनन्।

त्यसैले यहाँका मतदाता अब मन फेरेका छन् । भन्छन्, ‘राजा गाउँमा बस्ने महारानीलाई दिन्न यसपालि मत ।’ उनीहरू एक स्वरले भन्छन्, ‘अबको पालो राजकिशोर यादवको ।’

राजकिशोर जनताका बीच विकासप्रेमी र मिलनसार नेताका रूपमा चिनिन्छन् । मधेस विद्रोहबाट आएका उनी दुईपटक सांसद हुँदा पनि सिरहाका भूगोल र जनतासँग आफ्नो साइनो चुँडाएनन् । बरु निकै जोडतोडका साथ विकासमा जुटे । जनतासँग दुःखसुख साटे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker