मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

मेयर चौधरीकाे तानाशाही विरुद्ध लाहानमा दलित आन्दोलन ।।।

सिरहाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी पछिल्लो समय विवादित बन्दै आएका छन ।

जनता खबर , मंसिर १७। सिरहाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी पछिल्लो समय विवादित बन्दै आएका छन ।

उद्दघाटन र शुभकामना आदानप्रदान कार्यक्रममा बढी समय खर्चिदै आएका मेयर चौधरीको कार्यकालमा लहान नगरपालिकाको विकास ठप्प रहेको अवस्था छ ।

लाहान नगरपालिकाको मुख्य सडक लगाएत ग्रामीण सडकहरू विकासको पर्खाइमा एकातिर रहेको देखिन्छ भने अर्कोतिर खानेपानी, शिक्षा स्वास्थ्य र सरसफाइको दृष्टिकोणले लहान नगरपालिका अत्यन्त पछाडी परेको अवस्था छ ।

फोहोर व्यवस्थापनको नाममा अदुरदर्शिता कायम गर्दै आएका मेयर चौधरीले लहान वाडा नम्बर १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गर्न खोजेपछि दलित आन्दोलन लाहानमा चर्किएको छ ।

संयुक्त दलित संघर्ष समिति यतिबेला मेयर चौधरी विरुद्ध कडा सडक आन्दोलनमा उत्रिएका हुन् ।

मेयर चौधरीले मोचीको नाममा रहेको जग्गा जवरजस्ती कब्जा गरी फोहोर व्यवस्थापनको लागि भौतिक संरचना निर्माणको प्रक्रिया अगाडि बढाए पछि उनी विरुद्ध प्रदर्शन थालिएको हो ।

जग्गाको विरोध चल्दै गर्दा कात्तिक २३ गते उक्त जग्गामा दुतीलालका छोराहरुले घर बनाउँदै गर्दा शक्तिको आडमा घरलाई लहान नगरपालिकाका मेयर चौधरीको निर्देशनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीको आडमा आगो लगाईएको दलित नेता राम गणेश दासले बताउनु भएको छ ।

घरमा आगजनी रोक्न खोज्दा स्थानीय दलित महिलाहरुलाई प्रहरीले कुटपिट समेत गरेका थिए ।

दलित आन्दोलनले मेयर चौधरी विरुद्ध चर्का नारा लगाई मेयर चौधरीको पुतला समेत दहन गरेको छ ।

दलित आन्दोलनको वास्तविक चित्रण गर्दै बोल्दा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्तालाई समेत धम्काईएको छ ।

सकारात्मक भन्दा नकारात्मक चिन्तन लिएर अघि बढिरहेका मेयर चौधरीले वास्तविक स्थितिको मूल्यांकन गर्न जरुरी रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker