मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधसमाचारस्थानीय खबर

लागुऔषध सहित ३ जना पक्राउ

पूर्व नेपालको मेची झापाबाट लागू औषध सहित ३ जना पक्राऊ परेका छन ।

विनोद मण्डल भदौ २० । पूर्व नेपालको मेची झापाबाट लागू औषध सहित ३ जना पक्राऊ परेका छन ।

झापाको भद्रपुर नगरपालिका वडा नं.८ स्थित एयरपोर्ट अगाडी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापाको Intelligence टोली र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत पश्चिम बंगाल राज्यका तीन जनालाई नियन्त्रणमा लिएका हुन ।

भारत , दार्जिलिङ जिल्लाको नक्सालबारी थाना बस्ने २८ वर्षीया कल्याणी बर्मन र अर्की २८ वर्षीया राधा सिंहलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर १९७ ग्राम ८०० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रहस्यको बारेमा प्रहरीले सोधपुछ गर्दा लागू औषध पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला नक्सालबारी थाना बस्ने कल्याण बर्मनको हो , भनी बताउँदै उनी हाल काकरभिट्टा स्थित बसेको छ , भनेपछि प्रहरी टोली खटी उनलाई समेत नियन्त्रणमा लिई ३ जनालाई नै जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker