मिति:- १८ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

सुस्ता क्षेत्रमा रहेका आम नेपालीहरुले विगत लामो समयदेखि सास्ती खेप्दै

नवलपरासीको सुस्ता स्थित नारायणी नदीमा समयमा पुल निर्माण नहुँदा स्थानिय किसानले आफना बारीमा उत्पादन गरेका उखू डुङ्गाको सहारामा गन्तव्य स्थानमा लगिरहेका छन ।

बिनोद मण्डल पुस २३ । नवलपरासीको सुस्ता स्थित नारायणी नदीमा समयमा पुल निर्माण नहुँदा स्थानिय किसानले आफना बारीमा उत्पादन गरेका उखू डुङ्गाको सहारामा गन्तव्य स्थानमा लगिरहेका छन ।

नेपालको विवादित सुस्ता क्षेत्रमा रहेका आम नेपालीहरुले विगत लामो समयदेखि सास्ती खेप्दै आएका छन । नारायणी नदीलाई पार गर्नु पर्ने बाध्यताका बीच रहेका सुस्ताबासीले नारायणी नदीस्थित एक मात्र विकल्पको रूपमा रहेको डुङ्गाको यात्राबाट आफ्ना समस्या टारिरहेका छन । अत्यन्त कष्टकर डुङ्गाको यात्रा तय गर्नुपर्ने बाध्यताका बीच रहेका स्थानिय किसानले आफ्ना बारीमा उब्जाएका उखु गाडीमा लोड गरी डुङ्गाको सहारामा महँगो र जोखिम यात्रा मार्फत गन्तव्य स्थानमा पुगाउने गरेको छ ।

जाडोको समयमा नारायणी नदीमा यात्रा गर्दा स्थानियले डुङ्गाको प्रतिक्षामा पर्खनुपर्ने तथा यात्रु समयमा नआउँदा स्थानियहरु गन्तव्यमा पुग्न नसक्नु चिन्ताको विषय बनेको छ ।

विगत लामो समयदेखि सास्ती खेप्दै आएका स्थानियको समस्यामा मलहम लगाउनको निम्ति उक्त नदीमा हालसालै थालिएको झोलुङ्गे पुलको निर्माण कार्यले धेरै ठूलो योगदान सुस्ता बासीलाई हुने देखिएको छ ।

वर्षाको समयमा नारायणी नदीमा बहाव धेरै हुने र हिउँदमा कम हुने गरेको अवस्थामा सरकारले तत्काललाई झुलुङ्गे पुलको निर्मान कार्य तीब्र गतिमा अगाडि बढाउन जरूरी देखिन्छ ।

हिउँदको समयमा नारायणी नदीको बहाव कम हुने हुँदा उक्त समयमा पक्की पुलको थालनी गर्दा अशल हुँदा हुँदै सरकारी निकायहरूले सुस्ता वासीको समस्यालाई विगत लामो समयदेखि बेवास्ता गर्दै आएको अवस्थामा झोलुङ्गे पुल निर्माण ले समाजमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker