मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

जनकपुरमा पर्यटकीय स्थलहरूको सरसफाई कार्यक्रम सम्पन्न ।।।

मधेश प्रदेशको जनकपुरमा धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको सरसफाई गरिएको छ ।

विनोद मण्डल पुस २३ । मधेश प्रदेशको जनकपुरमा धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको सरसफाई गरिएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा.नं.१० स्थित रहेको जानकी मन्दिरको प्राङ्गण हुदै .वडा नं.४ स्थित रहेको गंगा सागर पोखरी र भुतनाथ मन्दिर वरिपरी स्थित विशेष सरसफाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्र.उ.विश्वराज खड्का ज्युको अध्यक्षता एवं ऐन प्याप्सन धनुषाका जिल्ला अध्यक्ष अवधेश तिवारी, जिल्ला प्रहरी कार्यालय धनुषाका सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत अन्य प्रहरी कर्मचारीहरू, मधेश प्रदेश प्रहरी गण जनकपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका धनुषा,सर्वोदय ईंग्लिस बोर्डिंग स्कुलका शिक्षक तथा विद्यार्थीहरु समेत गरी करीब १६० जनाको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker